चाजुँटुक्रेमा खेलकुदसहित विभिन्न कार्यक्रम

हाम्रो दमक


कमल,१८ बैशाख /  कमल गाउँपालिका– ५ स्थित चाजुँटुक्रेमा विभिन्न कार्यक्रम गरि बुद्ध जयन्ति मनाईएको छ । सोमबार एक कार्यक्रम गरि धार्मिक कार्यक्रमसहित खेलकुद गरिएका छन् ।
आयोजक संस्था बहुधार्मिक स्थल व्यवस्थापन समितिका अध्यक्ष बसन्त धिमालका अनुसार विभिन्न जातिका परम्परागत नृत्य प्रस्तुत गर्नुका साथै मन्दिर समेत शिलान्यास गरिएका छन् । राईका साकेला,धिमालका रामथान, लिम्बुका माङहिमको बैद्धिक विधि अनुसार शिलान्यास गरिएको हो ।

त्यस अवसरमा कार्यक्रमका प्रमुख अतिथि कमल गाउँपालिकी अध्यक्ष मेनुका काफ्ले,उपाध्यक्ष बेणु शिवाकोटी,वडाध्यक्ष डम्बर निरौलालगायतले बहुधार्मिक स्थललाई समूचित व्यवस्थापन गरि विकास गर्न स्थानीय सरकार प्रयत्नशील रहने जोड दिएका थिए । उनीहरुले समग्र खेलकुदलाई निरन्तरता,रतुवा माइबृक्षारोपण आयोजनाको हातामा बसोबास गरिरहेकालाई स्थायी बसोबासको व्यवस्था गर्न गाउँपालिकाले जोड दिने वताएका थिए ।
सोहि अवसरमा त्यहाँ बृहत खेलकुद कार्यक्रम समेत गरिएको थियो । कराते झापाका स्कुल विभाग प्रमुख विकास सुब्बाका अनुसार विभिन्न १० वटा इभेन्टमा कराते खेलको प्रतिष्पर्धा गरिएको थियो ।

प्रतिष्पर्धामा १८० पुरुषसहित २३० जनाले भाग लिएका थिए । प्रतिष्पर्धाका उत्कृष्ठ खेलाडीहरुलाई करातेका बरिष्ठ प्रशिक्षक मदनकुमार उप्रेती,रेफ्रिहरु प्रकाश लिङदम,मानबहादुर थोप्रा,चन्द्र धिमाल,सिनीयर स्वमसेवक कोच कमीकुमार राईलगायतले पुरस्कार वितरण गरेका थिए ।

मङ्ल, बैशाख १८, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

प्रमुख खबर बाट अन्य

कोलाटोलीमा कल्भर्ट बनाएर बचेको रकम पत्रकार उपचार कोषलाई

बिर्तामोड, १४ जेठ।  झापा बिर्तामोड–९ कोलाटोलीका बासिन्दाले कल्भर्ट निर्माण गरी उपभोक्ता समितिमा बचत रहेको रकम पत्रकार महासंघ झापाले स्थापना गरेको पत्रकार सहारा उपचार कोषलाई प्रदान गरेका छन् । आज आइतबार उपभोक्ता समितिका अध्यक्ष रत्नबहादुर बस्नेत...

रिङरोड स्तरन्नोति सडकको आय–व्यय सार्वजनिक

झिलझिले , १४ जेठ / झापाको शिबसताक्षी–६ र ७ अन्तरगत (साविक शिबगञ्ज गाविसमा पर्ने) शिबगञ्ज बजार र व्याङडाडा चौक रिङरोड सडकको हालै स्तरन्नोति गएिको छ । रिङरोड स्तरन्नोति उपभोक्ता समितिले व्याङडाडामा एक कार्यक्रमकावीच यथार्थ...

घर बनाउदै हुनुहुन्छ ? वास्तुविद् डा.माधवमङ्गल जोशी यसो भन्छन्: घर बनाउनु पुर्व यी कुरा ध्यान दिनुहोस !

प्राकृतिक ऊर्जा सन्तुलनसँग सम्बन्धित वास्तु विज्ञानको यस शृंखलामा यसअघि हामीले प्रकृतिक ऊर्जा तथा सोको सन्तुलन, जग्गाको मोहडा, प्रवेशमार्ग तथा प्रवेशद्वार आदिसँग सम्बन्धित विविध विषयमा चर्चा गरिसकेका छौं । यसै क्रममा यसपटक जग्गा वा प्लटको...

मिस टीन पूर्वाञ्चल प्रदेश १ को चौथो संस्करणमा २२ जनाको सहभागिता

बिर्तामोड, जेठ १३ | वीरता जेसीज बिर्तामोड र बिर्ता मिडिया एण्ड इन्टरटेन्मेन्टको संयुक्त आयोजनामा हुने मिस टीन पूर्वाञ्चल प्रदेश नं. १ चौथो संस्करणमा २२ जनाले सहभागिता जनाउने भएका छन् । प्रदेश नं. १ अन्तर्गत झापाको...

आगलागीमा सात लाख बराबरको क्षति

इलाम | इलामको सूर्योदयनगरपालिका स्थित पशुपतीनगरमा आज आगलागि हुँदा करिब सात लाख बराबरको क्षति भएको छ । सूर्योदय नगरपालिका तीन स्थित कमल खवासको घरमा आज विहान आगलागि हुँदा सो क्षति भएको हो घरभित्र बालेको मैन...

झापामा लिम्बु कलाकर्मीहरु संगठित

दमक,१३ जेठ /  झापामा लिम्बु कलाकर्मीहरु संगठित भएका छन् । किरात याक्थुङ चुम्लुङ झापाको विर्तामोडस्थित जिल्ला कार्यालयमा सम्पन्न कलाकर्मीहरुको भेलाले लिम्बु सांस्कृतिक जिल्ला परिषद गठन गरिएको हो । नवगठित समितिको अध्यक्षमा जेवि काम्बाङ,उपाध्यक्षमा सुवास योङयाङ,सचिवमा...

गणतन्त्र दिवसको विदा निरन्तरताको माग

विर्तामोड १३ जेठ | नेपाल प्रेस युनियन झापा शाखा र केन्द्रीय प्रतिनिधिको बैठकले शहिदहरुको बलिदान र नेपाली जनताको अदम्य साहससहितको संघर्षद्वारा स्थापित गणतन्त्र दिवसमा दिइदै आएको सार्वजनिक विदा कटौती गरेको प्रति गम्भीर असहमति प्रकट...

माइक्रोको ठक्करबाट चालकको मृत्यु

दमक,१२ जेठ /  झापाको कमल गाउँपालिकामा आज साँझ भएको सवारी दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ । कमल गाउँपालिका– ५ पाथीभरा शसस्त्र प्रहरीको बेस क्याम्प अगाडी भएको सवारी दुर्घटनामा परेर कमल गाँउपालिका –३ बस्ने...

जिल्लास्तरिय उभौली समापन,विभिन्न व्यक्तित्व सम्मानित

दमक,१२ जेठ / किरातीहरुको जिल्लास्तरिय उभौली कार्यक्रम विभिन्न कार्यक्रम गरि विधिवत समापन गरिएको छ । हरेक बर्ष उभौलीका अवसर पारेर जिल्लाभरि राई समुदायले विभिन्न कार्यक्रमहरु गरि मनाउदै आएका छन् । ‘संघीय गणतन्त्र नेपालमा पुख्र्यौली भूमीको...

दमकमा तरुणका लागि प्रशिक्षण

दमक,१२ जेठ /  नेपाल तरुण दलले दमकमा शनिवार नगरस्तरीय तरुण कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । दमकस्थित नेपाली कांग्रेसको पार्टी कार्यालयमा आयोजित सो प्रशिक्षण कार्यक्रममा नगर क्षेत्रका सय तरुणहरुको सहभागिता रहेको थियो । सो...