अब झापाको शान्तिनगरबाट सरर सिधै पाथिभरा केवलकारमा ! फिजिवीलिटी अध्ययन पूरा

मनकामना मन्दिरजाने केवलकारको फिजिवीलिटी अध्ययन गर्ने कन्सलटेन्सीले नै सोको अध्ययन गरेकाले यस क्षेत्रमा केवलकार सञ्चालन हुने आशा बढ्दो छ ।

अनिल वाग्ले/रुपेश पौडेल (प्रशिक्षार्थी पत्रकार)

शान्तिनगर । झापाको बुद्धशान्ति गाउँपालिका वडा नम्बर ६ बाट इलामको धार्मिक पर्यटकीय स्थल पाथिभरासम्म जाने केवलकारको फिजिवीलिटी अध्ययन पूरा भएको छ ।

बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष रमेशकुमार भुजेलले शान्तिनगर र रोङ गाउँपालिकामा रहेको पाथिभरा न्दिरलाई अव केवलकारले जोड्ने महत्वकांक्षी योजना सफल हुनसक्ने बताएका छन् । ‘अध्ययनले त्यहाँ केवलकार चलाउन सकिन्छ भन्ने देखाएको छ‘ – अध्यक्ष भुजेलले भने ‘ दाताको खोजी गरेर सोबारे प्रकृया अगाडी बढाउने सोच छ ।’

बुद्धशान्ति गाउँपालिकाका प्रशासकिय अधिकृत मनोज राउतले न्यु प्लानेट इन्जिनियरिङ कन्सल्टेन्सीले फिजिविलीटी अध्ययन गरेको जानकारी दिएका छन् । प्रशासकिय अधिकृत राउतले न्यु प्लानेट इन्जिनियरिङले शान्तिनगरको गौंडाबाट पाथिभरा मन्दिर जाने केवलकारको फिजिवीलिटी अध्ययन गर्न ४ लाख ९८ हजार रुपैंया खर्च भएको बताएका छन् । राउतका अनुसार अध्ययनले केवलकारको दूरी ३.२ किलोमिटर रहने देखाएको छ ।

यद्यपी हाल अध्ययन भएको ठाउँभन्दा फरक ठाउँ बुद्धशान्ति –६ को अचलेश्वर मन्दिर आसपासबाट केवलकार सञ्चालन गर्दा भौगोलिक अवस्थाले सुरक्षित हुने भन्दै सो स्थानबाट बनाउँदा ठिक हुने सोचाईमा आफू रहेको गाउँपालिका अध्यक्ष भुजेलले बताएका छन् ।

मनकामना मन्दिरजाने केवलकारको फिजिवीलिटी अध्ययन गर्ने कन्सलटेन्सीले नै सोको अध्ययन गरेकाले यस क्षेत्रमा केवलकार सञ्चालन हुने आशा बढ्दो छ ।

रोङ गाउँपालिकामा रहेको धार्मिक पर्यटकीय क्षेत्र पाथिभरा र पर्यटनको प्रचुर संम्भावना बोकेको बुद्धशान्ति गाउँपालिकाको शान्तिनगर क्षेत्रबाट केवलकार सञ्चालन हुन सके यी दुई गाउँपालिकाको ऐतिहासिक उपलब्धि हुनेछ ।

केवलकार सञ्चालन हुन सके आर्थिक रुपमा यी गाउँपालिका संवृद्ध गाउँपालिका बन्न धेरै समय कुर्नै पर्दैन । केवलकार निर्माणका लागि प्रारम्भिक प्रतिवेदनले १ अर्व जति लाग्न सक्ने देखाएको गाउँपालिका अध्यक्ष भुजेलले बताएका छन् । ‘गौंडाबाट सञ्चालन गर्दा ८२ करोडको प्रारम्भिक लागत निस्किएको छ तर भौगोलिक सुरक्षाका दृष्टिले अचलेश्वर मन्दिर आसपासबाट गर्दा लागत बढ्न सक्ने अवस्था अध्ययनले देखाएको छ ।’– अध्यक्ष भुजेलले भने ।

यता गाउँपालिका उपाध्यक्ष मिरा भुर्तेलले केवलकार निर्माण गर्न सकिने कुरा अध्ययनले देखाएकाले गाउँपालिका यस कुरामा गम्भिर भएर लाग्ने बताएकी छिन् । स्थानीय निकायको चुनाव ताका एमालेको घोषणा पत्रमा नै समेटिएको विषय भएकाले पार्टीले पनि यसलाई महत्वका साथ हेरेको बताउँदै ५ वर्ष भित्र ठोस काम हुने जानकारी दिइन् ।

पर्यटन क्षेत्रको विकास गरेर अघि बढ्न सके हामी सबैलाई प्रत्यक्ष फाइदा पुग्ने महसुस गरेर गाउँपालिका यस विषयमा लागि पर्ने अध्यक्ष भुजेलले बताएका छन् । ‘लागत ठूलो भएकाले केवलकार निर्माण गर्न ठूला संस्था वा दाता खोज्नुपर्ने हुन्छ, त्यसका लागि हामी लागिपरिरहेका छौं ।’– अध्यक्ष भुजेल भन्छन् ‘केवलकार आर्थिक संवृद्धिको आधार हो ।’

सोम, बैशाख १७, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

फिचर समाचार बाट अन्य

नीति तथा कार्यक्रममा पुरा हुन सक्ने विकासका आकांक्षा मात्र राखिएको छ: प्रम ओली

काठमाडौं १३ जेठ | प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नीति कार्यक्रमले विकासको आकांक्षा बोकेको बताउनुभएको छ । सरकारले पुरा गर्नसक्ने गरीका आकांक्षा राखिएकोले यो नीति कार्यक्रमलाई महत्वकांक्षी भन्न नमिल्ने प्रधानमन्त्री ओलीले बताउनुभएको छ । गत...

जिल्लास्तरिय उभौली समापन,विभिन्न व्यक्तित्व सम्मानित

दमक,१२ जेठ / किरातीहरुको जिल्लास्तरिय उभौली कार्यक्रम विभिन्न कार्यक्रम गरि विधिवत समापन गरिएको छ । हरेक बर्ष उभौलीका अवसर पारेर जिल्लाभरि राई समुदायले विभिन्न कार्यक्रमहरु गरि मनाउदै आएका छन् । ‘संघीय गणतन्त्र नेपालमा पुख्र्यौली भूमीको...

‘हाटखोलाको बिषय अव पाँच दलको नै मुद्दा बन्यो’

दमक,१२ जेठ / विवादित बनेको दमक–७ स्थित हाटखोलाको सुकुम्बासी बस्तीको विषय अव स्थानीय पाँच दलको मुद्दा भएको दलीय नेतृत्वले जिकीर गरेका छन् । नगरपालिकाले हाटखोलाका सुकुम्बासी बस्तीमा डोजर लगाएर उठिबास गराउन उद्दत भएको भन्दै अव...

झापाको बुद्धशान्तिमा बन्दै गरेको रिङरोडले गति लिँदै

बुधबारे । बुद्धशान्ति गाउँपालिकाको सबै ७ वटै वडाहरुलाई जोड्ने बुद्धशान्ति रिङरोडको निर्माण कार्यले गति लिएको छ । रिङरोड निर्माणका लागि गाउँपालिकाले विभिन्न सडक क्षेत्रमा समिति निर्माण गरी कार्य अगाडी बढाइएको गाउँपालिका अध्यक्ष रमेशकुमार भुजेलले...

लैङ्गीक समानता सम्बन्धि झापामा दिने प्रशिक्षण

दुहागढी | लैङ्गीक समानता तथा कानुनी सचेतना सम्बन्धि एक दिने प्रशिक्षण झापाको दुहागढीमा शुक्रबार सम्पन्न भएको छ । महिला शसक्तिकरण अभियान मेचीनगर १४ को आयोजनमा सम्पन्न प्रशिक्षणमा स्थानिय ७० जना भन्दा बढी महिला तथा पुरुषहरुको...

यातना दिएका कारण बन्दी तामाङ अस्पतालमा भर्ना

दमक,११ जेठ / चार दिन अघि दमकको एक घरमा बम बिष्फोटको घटनामा संलग्न भएको भनी अनुसन्धानका क्रममा पक्राउ परेका दमक–७ का मिठु कुमार तामाङलाई प्रहरीले हिरासतमा यातना दिएको उनका परिवारजनले आरोप लगाएका छन् । तामाङकी...

मिक्लाजुङ लायन्समा भण्डारी

मधुमल्ला, ११ जेठ | मोरङको मिक्लाजुङमा लायन्स क्लव अफ मिक्लाङजुङ गठन भएको छ । लायन्स क्लव दमक स्वीट सिटीको समन्वयमा विहिबार लायन्स क्लव अफ मिक्लाजुङ गठन गरिएको हो । समाजका विभिन्न क्षेत्रमा संलग्न युवाहरुको भेलाले रुद्र...

लुक मि फेसन ग्यालरीको दाेस्राे शाखा दमकमा

दमक | झापाको दमकमा बुधवारबाट लुक मि फेशन ग्यालरीको दोश्रो शाखा संचालनमा आएको छ । शाखाको नेपालका राष्ट्रिय फुट्बल खेलाडी देवेन्द्र तामाङले रिवन काटेर उद्घाटन गरेका हुन् । ग्यालरीमा विश्व प्रसिद्ध ब्राण्डका कपडाहरु तथा खेलकुदका...

सुन तस्करीका मुख्य अभियुक्त गोरे सार्वजनिक, भिडियो सहित

काठमाडौँ, ८ जेठ | साढे ३३ किलो सुन तस्करी प्रकरणका मुख्य अभियुक्त ठानिएका चुडामणि उप्रेती ‘गोरे’लाई गृह मन्त्रालयमा सार्वजनिक गरिएको छ । नेपाल सरकारको २०७४ चैत २० गतेको मन्त्रिपरिषद्को निर्णय र संगठित अपराध ऐन २०७०...

साढे ३३ किलो अबैध सुन काण्डका मुख्य नाई गोरे भनिने चुडामणि उप्रेती पक्राउ

दमक | साढे ३३ किलो अबैध सुन काण्डका मुख्य नाई गोरे भनिने चुडामणि उप्रती पक्राउ परेका छन । उर्लाबारीको सनम शाक्यको हत्यामा समेत संलग्लन रहेका मोरङ उर्लाबारी घर भइ हाल काठमाण्डौमा बसोबास गर्दै आएका उप्रेतीलाई प्रहरीले...