लोकतन्त्रको १२ बर्ष ! कति लोकप्रिय कति अलोकप्रिय ?

आजको दिन नेपालीजनले गर्वका साथ १२ औं लोकतन्त्र दिवस मनाउँदै आएका थियौंं ।

विष्णु पौडेल

२०६३ साल वैशाख ११ गते अर्थात १२ बर्ष अघि आजको दिन नेपालको राजनीतिक व्यवस्था परिवर्तनको इतिहासमा महत्वपूर्ण दिन । आजको दिन नेपालीजनले गर्वका साथ १२ औं लोकतन्त्र दिवस मनाउँदै आएका थियौंं । यस दिन दिइदै आएको सार्वजनिक विदा भने कटौती भईसकेको छ ।

लोकतन्त्र अर्थात जनतामाथि जनताकै प्रतिनिधिबाट शुरु भएको शासन अभ्यासको यो १२ बर्षलाई संख्यात्मक हिसाबबाट कम्ती मान्न सकिएला तर नेपालको राजनीतिक परिवर्तनको इतिहासलाई हेर्ने हो भने यो एउटा राजनीतिक व्यवस्थाको अनुभव र अनुभुतीका लागि काफी समय हो । नेपालको संबैधानिक राजतन्त्रलाई जनताको बलमा शुरु भएको जनआन्दोलन २०६२-०६३ ले आजकै दिन घुँडा टेकाएको आम जनमानसमा ताजै छ । त्यो जनआन्दोलनको अन्तिम दिन २०६३ वैशाख ११ अर्थात १२ बर्ष अघि आजकै दिन तत्कालिन राजा ज्ञानेन्द्र शाहले विघठित संसद् पुनःस्थापना गर्दै जनताको नासो जनतालाई नै दिएँ भन्दै नारायणहिटी दरबारबाट बाहिरिएका थिए ।

त्यो गर्वानुभुति गराउने ऐतिहासिक आन्दोलनका बारेमा एकाथरीले जे सुकै टिप्पणी गरेपनि त्यो आन्दोलन जनताका अधिकार स्थापनाका लागि र शाही सत्तालाई सधैंका लागि विदा गर्दै जनसत्ता स्थापित गर्ने कदममा महत्वपूर्ण थियो । त्यो यथार्थलाई स्वयम् तत्कालिन राजा ज्ञानेन्द्रले समेत आत्मसाथ गरेरै जनताको नासो जनतालाई नै फिर्ता गरेको घोषणा गरेको यथार्थ कसैले लुकाएर लुक्दैन ।

यहि सन्दर्भमा बन्दुकको नालबाट राज्यसत्ता कब्जाको सपना देखेर रक्तपातपूर्ण जनयुद्धमा होमिएको तत्कालिन नेकपा माओवादी र नेपाली कांग्रेसको नेतृत्वमा रहेको शान्तिपूर्ण सडक आन्दोलनकारी तत्कालिन सात राजनीतिक दलहरुका बीचमा १२ बुँदे सहमति भई शुरु भएको १९ दिने ऐतिहाँसिक जनआन्दोलनको यथार्थलाई पनि बंग्याउनु गल्ती हुनेछ ।

दोषी को ?

मुलुकमा राजनीतिक परिवर्तनको श्रृखंलामा २०६२-०६३ को जनआन्दोलन अर्को एउटा इँटा बनेको यथार्थ त छदैछ तर यससंगै जनताको अपेक्षा फेरी–फेरी यो श्रृखंला दोहोर्याउनु नपरोस भन्नेनै थियो । राजनीतिक बहसका क्रममा २००७ सालको हाराहारीदेखिनै उठेको महत्वपूर्ण एजेण्डा थियो संविधान सभा । आधा शताब्दीपछिको जनआन्दोलन ६२-६३ ले जनताको संविधान जनताकै प्रतिनिधिबाट लेख्ने थलो संविधान सभाको अपेक्षा राखेको थियो । जनआन्दोलनकै दबाबमा ११ वैशाखमा तत्कालिन राजाको स्वैच्छिक बहिर्गमनपछि दलीय सहमतिका आधारमा गठन भएको अन्तरिम संसद र संसदमा प्रतिनिधित्व गर्ने तत्कालिन नेकपा माओवादीसहितको संलग्नतामा बनेको सरकारले २०६४ सालमा गराएको संविधान सभा निर्वाचनबाट बनेको संविधान सभा जनअपेक्षा विपरीत असफल भइदिँदा जनजिविकाका अन्य सवालहरु स्वभाविक रुपमा ओझेल परे ।

पहिलो पटक सत्ताको स्वादले मात्तिएको नेकपा माओवादी र यसका तत्कालिन नेतृत्वकर्ताहरु यसका मुख्य दोषि हुन् । जुन कुरा पार्टी अध्यक्ष प्रचण्ड स्वयंले जनताले दिएको भोटबाट मात्तिएर हामीले भुइँ छोड्यौं भन्दै आत्माआलोचना गरेबाट पुष्टि हुन्छ ।

संविधान सभा निर्वाचनबाट पाएको जनादेश अनुसार शासन सत्ता सञ्चालन गर्न नसक्नु, संविधान सभाबाट संविधान जारी नगरी भंग गराउनु मा माओवादीको पहिलो हात रह्यो । जनताका धेरै अपेक्षाहरुमाथि कुठाराघात भइरहँदा जनतामा लोकतन्त्रमाथि नै झण्डै अविश्वास पैदा भयो । त्यो गम्भिर गल्तीको सजायँ जनताले २०७० मा भएको संविधान सभा निर्वाचनमा माओवादीलाई दिए । फलस्वरुप माओवादी तेस्रो स्थानमा खुम्चिनु पर्यो । तथापी लोकतान्त्रिक आन्दोलनको नेतृत्वकर्ता नेपाली कांग्रेसमाथि बहुसंख्यक नेपाली जनताले विश्वास गरेर पहिलो दलका रुपमा स्थापित गराए । दोश्रो संविधान सभा नेपाली कांग्रेसको नेतृत्वमा सफल बन्यो । फलस्वरुप सवै नेपालीजनको आकांक्षा पुरा गर्न २०७२ असोज ३ गते नेपालको संविधान–२०७२ जारी भयो । जनअपेक्षा अर्थात जनताको आशा केवल नयाँ संविधान मात्रै होइन र संविधानमा मात्रै होइन । व्यवहारमा लोकका अधिकार चाहिएको छ । संघीय संविधान प्राप्तीको करीब अढाई बर्षको यो अवधिलाई हेर्ने हो भने मुलुक संघीय संरचनामा गएको छ । कागजी रुपमा जनताका धेरै अधिकार घरदैलोमै स्थापित छन् । संविधान प्राप्तीपछिको समय धेरै होइन । जनतामा लोकतान्त्रिक शासन व्यवस्था भोगाईको समय चाहिं १२ बर्ष काफी पर्याप्त छ ।

के हो त जनअपेक्षा ?

अहिलेको वैज्ञानिक र प्रविधिको युगमा जनता क्षणभरमै परिवर्तनको अनुभुती चाहन्छन् । मुलुक पुरातन शैली र ढाँचाबाट माथि उठ्न सकेको छैन । हिजो राजाको शासन व्यवस्थामा जनताले पाउनु पर्ने प्रशासनिक, र न्यायकि सेवा जस्तो थियो, जनताका घर–घरबाट विदेशिनु पर्ने बाध्यता जस्तो थियो यो १२ बर्ष पुगेको लोकतान्त्रिक कालखण्डमा त्यो भन्दा कम्ती छैन । मालपोत, यातायात, नापी, भन्सार जस्ता निकायमा राजाका कालदेखि जनताले ब्यहोर्नु परेको शास्ती यो जनताको समय लोकतन्त्रमा पनि उस्तै हुनु लोकतन्त्रको अलोकप्रियता हो । लोकतन्त्रमा लोकप्रिय राज्यसत्ता किन अलोकप्रियता तर्फ गमन भईरहेको छ ? जनआन्दोलनका पीडकहरुलाई नै लोकतन्त्रमा सरकारको मुख्य जिम्मेवारी सुम्पिने काम लोकतन्त्रका पक्षधरहरुका लागि सकारात्मक हुन सक्दैन । जनआन्दोलन हुँदै जनमतबाटै स्थापना भएका सरकारहरुले किन जनआन्दोलनका दमनकारीहरुलाई कानुनी कठघरामा ल्याउनका सट्टा लोकतान्त्रिक सरकारको तालाचाबी बुझाएर झण्डै झण्डै प्रधानमन्त्रीकै हैसियतमा पुरयाइयो ? के यो लोकतान्त्रिक व्यवस्थाको अलोकप्रिय काम होइन ?

शहिद र घाइतेका परिवारहरुका पिडा उस्तै छन् । राष्ट्रियताका खोक्रा नाराहरुले नेपाली युवालाई रोजगारी दिन सकेको छ ? रेमिट्यान्सका भरमा मुलुकको अर्थतन्त्र धानिएको यथार्थ हुँदाहुँदै फगत लोकतन्त्रमा फगत लोकप्रियताका लागि मात्रै लगाइएका नाराहरुले लोकतन्त्रलाई नै अलोकप्रिय बनाउने खतरालाई नजर अन्दाज नगरियोस् सुशासन, विकास र जनजिवीकाका सवालमा लोकप्रिय हुने कदम चाल्न ढिलो भईसकेको छ ।

लोकतन्त्रको १२ वर्षमा नेपाली नागरिकमा वढेका चेतनाका स्तरलाई सम्बोधन गर्ने आधार एक थान संविधान मात्रै हो ? लोकतन्त्रको सम्मान चोक चौताराहरुमा दिप प्रज्वलन गरेर लोकतान्त्रिक आन्दोलनका शहिदहरुको फोटोमा दुइ थुँगा फूल चढाउँदैमा हुनेछैन । संविधानसभाले जारी गरेको नेपालको संविधान–२०७२ को प्रभावकारी कार्यन्वयन गर्दै जन चाहनाको सम्बोधननै लोकतन्त्र बलियो बनाउने मुख्य आधार हो । त्यता तर्फ सोच्न सके लोकतान्त्रिक आन्दोलनका शहिदहरुप्रति सच्च श्रद्धा सुमन् ठहरिनेछ ।

मङ्ल, बैशाख ११, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

विचार/ब्लग बाट अन्य

यस्ता आठ प्रकारका सामाजिक सुरक्षा भत्ता बाँढ्दै सरकार ! कस्ता कस्ता नागरिकले पाउँदैछन भत्ता ?

काठमाडौँ। सरकारले चालू आर्थिक वर्ष ०७५/७६ मा विभिन्न ८ वर्गका नागरिकलाई सामाजिक सुरक्षा भत्ता दिने भएको छ। व्यवस्थापिका संसद्ले पास गरेको सामाजिक सुरक्षाको सम्बन्धमा व्यवस्था गर्न बनेको ऐनअनुसार यस्तो व्यवस्था हुन लागेको हो  । व्यवस्था...

दमक हाइवे सेतुमारी सडकको सात घुम्तिमा, दुर्घटना जोखिम बढदो

नगेन्द्रमणी न्यौपाने, दमक झापाको दमक नगरपालिका स्थित हाईवे सेतुमारी सडक खण्डको सात घुम्तिमा दुर्घटनाको जोखिम वढदै गएको सर्वसाधारणहरुले गुनासो गरेका छन । दमक नगरको दक्षिणी क्षेत्रलाई जोडने मुख्य यो सडक खण्डमा ५ वटा एल आरकारका घुम्ति...

वडादशैँको मौलिकता हराउँदै

नेपालीहरुको महान् चाड बडादशैँको खुशी र उमङ्ग सबैतिर छाइरहँदा यसको मौलिकतामा भने पछिल्लो समय ह्रास हँुदै जान थालेकोप्रति चिन्ता व्यक्त गर्न थालिएको छ । पूजा आराधना, शक्तिको उपासना र आपसी सद्भावको महत्वपूर्ण पर्व बडादशैँमा अर्काको...

दमकको चौंकमा राखिएका गमलाका फूलहरु मर्न थाले

दमक,३ कातिक / संरक्षणमा चासो नदिदाँ झापाको दमकमा सडक आसपास रोपिएका फूलहरु मर्न थालेका छन् । पानी तथा मल समयमा दिन नसक्दा अधिकांस गमलाका फूलहरु मर्न थालेका हुन् । मुख्यतय दमक चौंकको सडक पेटिहरुमा राखिएका...

के दशैँ, के तिहार ! आफन्तबाट टाढिएका भुटानी शरणार्थीहरुको जिवन काहाली लाग्दो बन्दै

दमक | पुर्वी नेपालको झापा र मोरङका विभिन्न शिविरहरुमा करिब तिन दशकयता शरणागत भुटानी शरर्णाीहरुको यस वर्षको दँशै पनि खल्लो बनेकोछ । तेस्रो देश पूर्नवासशुरु भएयता हाल शिविरमा विभिन्न कारणले परिवार संग विछोडिए छु्टेका शरणार्थीहरुको...

यो सरकारलाई देवीशक्तिको आशिर्वाद मिलेको छ: प्रधानमन्त्री

झापा, कात्तिक १, | प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई देवीशक्तिको पनि आशिर्वाद मिलेको बताउनु भएको छ । विहिबार झापाको बिर्तामोडमा आफैले आयोजना गरेको दसैं शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमलाई संबोधन गर्दै प्रधानमन्त्री ओलीले आफु...

दशैंमा मेलाको उल्लास

दमक, ३१ असोज / झापामा यसवर्षको दशैं मेला शुरु भएको छ । विशेषत दशैंका अवसरमा लाग्दैआएका यस्ता परम्परागत मेलाहरु जिल्लामा शुरु भईसकेका छन् । घटस्थापनादेखि औपचारिक रुपमा शुरु हुने दशै मेला नवमीदेखि पूर्णिमासम्म बढी लाग्दैआएका...

आफ्नै देशमा छ, करोडको कारोवार हुने अल्लोको कपडा

संखुवासभा | प्रख्यात कोसेलीका रुपमा परिचित अल्लोको कपडाको माग बिदेशमा समेत बढेको छ । अलैची र कृषि पेसा घाटा लागेपछि अल्लो ब्यवसायले आकर्षित बनाएको छ । सभापोखरी गाउँपालिका विश्व लिम्बूले अल्लोको कपडा सिलाइ लिएपछि उनले...

विद्यार्थी संगठनमा उमेर हदको प्रश्न

निशेष राई सत्यरुप बिगत लामो समयदेखि राजनितीक क्रान्तिको मुलधारमा रहेर आम नागरिकको आवाज बोल्दै अएका विद्यार्थी संगठनहरु पछिल्लो समय निक्कै आलोचित बन्दै गएका छन् । चाहे नेकपा सम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियु, अखिल क्रान्तिकारी होस् या...

संवाद लगत्तै बिर्तामोड बजारको अनुगमन

बिर्तामोड, असोज २९।  उपभोक्ता अधिकारका लागि जिल्लास्तरीय सरोकारवालाको टोलीले आज सोमबार झापाको बिर्तामोड बजारमा अनुगमन गरेको छ । संवाद समूहमा भएको छलफल लगत्तै त्यहाँ व्यक्त प्रतिबद्धता तत्कालै कार्यान्वयनका लागि टोलीले बजार अनुगमन गरेको थियो ।...