साहित्य चौतारी झापाको काव्य सभा हुने ।

हाम्रो दमक

विर्तामोड । साहित्य चौतारी झापाले नव वर्षको अवसर पारेर वैशाख ७ गते शुक्रबारदेखि सांगीतिक काव्य सभालाई निरन्तरता दिइने भएको छ ।
आफ्ना बुवाआमा भीमबहादुर श्रेष्ठ, पञ्चकुमारी श्रेष्ठ, धनमाया विमलीको स्मृतिमा देवीभक्त श्रेष्ठ र उहाँकी धर्मपत्नी उर्मिला श्रेष्ठले स्थापना गरेको यस संस्थामा हाल ११ लाख ११ हजार १ सय ११ अक्षयकोष रहेको छ । नव प्रतिभाहरुलाई प्रोत्साहित गर्ने उद्देश्यले स्थापित संस्थाले आफ्नो कर्मक्षेत्रलाई विस्तार गर्दै गईरहेको छ । साहित्य चौतारीको स्थापना कालदेखि मौलिक परम्पराका रुपमा स्थापित बन्न पुगेको ‘सडक काव्य सभा’ जसलाई कवि पत्रकार स्व. डिकमान विरहीले उचाई प्रदान गरेका थिए ।

यहीँ कार्यक्रमलाई थप आकर्षण सहित प्रत्येक शुत्रबार होटल हिकोला हेरिटेज विर्तामोडको आफ्नै सभहलमा काव्य सभा आयोजना गरिने साथै यस कार्यक्रममा प्रस्तुत सिर्जनाहरु मध्येबाट उत्कृष्ट एकको चयन गरी हरेक महिना प्रोत्साहन पुरस्कार प्रदान गरिने, ती प्रोत्साहित प्रतिमा मध्येबाट वर्ष भरिका उत्कृष्ट एक प्रतिमा छनौट गरी चौतारीका वार्षिक उत्सवमा पुरस्कृत गरिने सचिव दिलीप घिमिरेले जानकारी दिए ।

वि.सं. २०५६ साल असार ३१ गते राष्ट्रकवि माधवप्रसाद घिमिरेले उद्घाटन गर्नु भएको साहित्य चौतारी अविरल हिँडिरहेका गतिशील संस्था हो ।

साहित्य, कला, संगीत र सँस्कृतिको पृष्ठभूमि टेकेर देश–विदेशका विशिष्ट साहित्यकार, कला र संगीतका साधक एवं सँस्कृतिकर्मी साथै छिमेकी भूगोल दार्जिलिङ, सिक्किम, आसाम, मणिपुर, डुवर्स लगायतका सर्जक, साधक र पारखीहरुको शैशवकालदेखि आजको वयश्क अवस्थासम्म भएको गरिमामय उपस्थिति र रचनात्मक सहभागिताले जीवन प्राण भर्दै गतिशील उर्जा प्राप्त गरिरहेको सुखद अनुभूति सुनाउँछन् यस संस्थाका संस्थापक अध्यक्ष एवम् वर्तमान सल्लाहकार संयोजक शिवशंकर थापा ।

साहित्य, कला, संगीत र सँस्कृतिका क्षेत्रमा खास योगदान पु¥याउँदै आएका व्यक्तित्वहरुको सम्मान तथा सिर्जनशील क्षेत्रमा छरिएर रहेका प्रतिभाहरुको प्रष्फुटन गराउन, अवसर प्रदान गर्ने तथा प्रतिमा परिचयको निरन्तरता एवं हाम्रो साँस्कृतिक मौलिकताको जगेर्ना नै साहित्य चौतारीको आजसम्मको यात्रा बनेका बताउँछन् समाजसेवी संरक्षक देवीभक्त श्रेष्ठ ।

यस चौतारीबाट राष्ट्रकवि माधवप्रसाद घिमिरे लगायत सयौँको संस्थामा श्रष्टा सम्मानित तथा पुरस्कृत भईसकेका छन् । यस चौतारीबाट उत्पादित प्रतिभाहरु आज राष्ट्र, अन्तरराष्ट्रिय क्षेत्रमा ख्याती कमाईरहेका छन् । यस चौतारीलाई सम्झिरहेका छन् । स–गौरव साहित्य चौतारीको नाम उच्चारण गरिरहेका छन् ।

साहित्य चौतारी झापाले सञ्चालन गरेको मासिक सांगीतिक काव्य सभा स्व. डिकमान विरहीको सोच हो, सिर्जना हो, डिजाईन हो ‘सुन्ने, सुनाउने र नयाँ प्रतिभा जन्माउन उत्प्रेरणा जगाउने’ यस काव्य सभाको अभियानले आज विभिन्न ठाउँ र रुपमा निरन्तरता पाएकै छ ।
मुक्तिचौक स्थित दुर्गा मन्दिरको प्राङ्गणमा सञ्चालन हुने त्यो सांगीतिक काव्य सभा मास्टरकपी भने आज प्रत्येक संघ संस्थाले यसकै फोटोकपि गरी यस प्रकृतिका कार्यक्रमहरु सञ्चालन गरिरहेको बताउँछन् संस्थाका वर्तमान अध्यक्ष टंक विकल्प साथै चौतारीको पहिचान स्वरुप रहेका यो काव्य सभामा उपस्थित नव प्रतिभा लगायत सम्पूर्ण साहित्यकला, संगीतप्रेमी महानुभावहरुलाई अनुरोध सहित नव वर्षको शुभकामना व्यक्त गरे ।

मङ्ल, बैशाख ४, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

प्रमुख खबर बाट अन्य

दमकमा चैत १७- १९ सम्म वृहत साहित्यीक कार्यक्रम

दमक ,६ चैत । दमकमा यहि चैत १७ देखि १९ गतेसम्म वृहत सांस्कृतिक एवं साहित्यीक कार्यक्रम हुने भएको छ । दमक प्रज्ञा प्रतिष्ठान र नेपाल प्रज्ञा प्रतिष्ठानको संयुक्त आयोजनामा तीन दिने वृहत सांस्कृतिक एवं...

सवारी दुर्घटना न्यूनीकरण सम्बन्धी अन्तरकृया

दमक,६ चैत । ट्राफिक प्रहरी कार्यालय दमकले सवारी दुर्घटना न्यूनीकरण महाअभियान अन्तगर्त बुधबार दमकमा सरोकारवालाहरुसंग सवारी दुर्घटना न्यूनीकरण सम्बन्धी अन्तरकृया कार्यक्रम सम्पन्न गरेको छ । ट्राफिक प्रहरी कार्यालय दमकमा भएको अन्तरकृयामा जनप्रतिनिधि, प्रहरी, शिक्षण संस्थाका...

चैत ७ मा झापामा होलीको सार्वजनिक बिदा

दमक,५ चैत । झापामा चैत ७ गते सार्वजनिक बिदा हुने भएको छ । सरकारले झापासहित पहाडका ५८ जिल्लामा फागु पूर्णिमामा अर्थात होली पर्वको सार्वजनिक बिदा चैत ६ गते बुधवार गरेको नेपाल राजपत्रमा उल्लेख छ...

दमकमा सवारी चालकहरुको निशुल्क स्वास्थ्य परिक्षण

दमक,५ चैत । ईलाका ट्राफिक प्रहरी कार्यालय दमकले सवारी दुर्घटना न्यूनिकरण महाअभियान अन्तर्गत दमकमा आज सवारी चालकहरुको निशुल्क स्वास्थ्य परिक्षण गरेको छ । एडभान्स हस्पिटल दमकको सहकार्यमा सवारी चालकहरुको निशुल्क स्वास्थ्य परिक्षण गरिएको ईलाका ट्राफिक...

जुरेस,युरेसका विद्यार्थीलाई अवलोकन भ्रमण

दमक ,५ चैत । झापाको कमल गाँउपालिकास्थित नेपाल रेडक्रस सोसाइटी लखनपुर उपशाखाले जुनियर तथा युवा रेडक्रस सर्कलका विद्यार्थीहरुलाई आज मंगलवार एकदिने अवलोकन भ्रमण गराएका छन् । बालसुवोधनी विद्यालयमा अवलोकन पछि सामूहिक तस्वीर खिचाउदै गाँउपालिकाको लखनपुर क्षेत्रका...

‘मन्दिरमा बस्ने पत्थरको देउता, तिमीलाई के थाहा मान्छेको व्यथा’

मन्दिरमा बस्ने मत्थरको देउता तिमीलाई के थाहा मान्छको व्यथा तिम्रो पो दुख्दैन ढुंगाको मन मेरो त दुख्छ पलपल जिवन तिमीलाई के थाहा मान्छेको व्यथा नत मैले रोएको आशुँलाई हेछौ नत मैले जस्तै रुँदै सास फेछौं झापा बुद्धशान्ति ४ का उदयमान गायक...

तेइस परीक्षार्थी परीक्षा दिनबाट वञ्चित

भद्रपुर,४ चैत्र । शिक्षा विकास तथा समन्वय एकाइ कार्यालय झापाले चैत १० गतेदेखि हुने माध्यमिक तहको परीक्षा (एसइई) मा जिल्लाबाट १५ हजार ६८९ जना परीक्षार्थी सहभागी हुने जनाएको छ जसमा छात्राको सङ्ख्या धेरै रहेको...

होली पर्वमा सार्वजनिक विदा दिन माग

दमक ,४ चैत। राजवंशी समाज विकास समिति झापाले ‘फागु डोल पावनी’ अर्थात होली पर्व तराई होलीका दिन झापामा सार्वजनिक विदा दिनुपर्ने माग राख्दै आज ज्ञापनपत्र बुझाएको छ । समाजका जिल्ला अध्यक्ष पुकार चन्द्र राजवंशीको नेतृत्वमा...

मिस नेपालको झापामा पनि अडिशन

विर्तामोड, ३ चैत । मिस नेपाल २०१९ को झापा अडिसन आगामी मंगलबार झापाको बिर्तामोडमा हुने भएको छ । द हिडेन ट्रेजरले गर्दे आएको प्रतियोगिताको यो २५ औं संस्करण हो । झापाको बिर्तामोड स्थित होटल...

दमकको सेतुमारीमा आगोलागी ,१० लाखको क्षति

दमक ,३ चैत । भान्सा चुल्होवाट निस्किएको आगोलागीवाट झापाको दमक १० स्थित सेतुमारीका भक्तवहादुर शेर्मा( हसन )को घर जलेको छ । गएराती करिव १२ वजेतरि काठको सेन्टरबेरा घरको भान्सा कोठाबाट अचानक निस्किएको आगोले जल्दा शेर्माको...