इलाममा चियाको पहिलो टिपाई फस्ट फलस सुरु

हाम्रो दमक


इलाम ,चैत २६। इलाममा चियाको पहिलो टिपाई (फस्ट फ्लस ) सुरु भएको छ । चिया टिपाई शुरु भएपछि जिल्लाका चिया कारखानाले प्रशोधनसमेत थालेका छन् । पहिलो उत्पादन गुणस्तरीय हुने भएकाले बजारमा पहुँच जमाउनका लागिसमेत छिट्टै टिपाई थालिएको हो ।
यसबर्ष मौसमले पनि चिया किसानलाई साथ दिएको छ । अघिल्लो बर्ष चैत अन्तिमबाट मात्रै पत्ति टिपाई सुरु भएपनि यो बर्ष चैतको दोस्रो साताबाटै मुना चिया टिपाई शुरु भएको हो । उत्पादन कम भएपनि फस्ट फ्लस चियाको मूल्य उच्च हुन्छ ।
पहिलो टिपाई जति छिटो बजारमा पुर्याउन सक्यो त्यति नै राम्रो मूल्य मिल्ने भएकाले कारखानाले थोरै भए पनि हरियोपत्ति प्रशोधन गर्ने गरेका छन् ।
इलामका चिया कारखानले कृषकलाई हरियो चिया पत्तिको मूल्य ६५ देखि ९० सम्म र अग्र्यानिक हरियो पत्तिको मूल्य १ सय ५० सम्म दिदै अएको साँखेजुङ हिल रेञ्ज चिया कारखानाका चन्द्र बुढाथोकी बताउछन् ।
आन्दोलनले गत बर्ष दार्जिलिङ बन्द हुँदा इलामका चिया कृषकका लागि फलिफाप नै भएको थियो । तर यो बर्ष भने समयमा नै पानी परे पछि इलामका चिया किसान आशावादी छन् ।
अर्थाेडक्स चिया उत्पादनका लागि अगाडि रहेको इलामका कृषकले बार्षिक ४० लाख किलो तयारी चिया उत्पादन गर्ने गरेको चिया तथा कफी विकास वोर्डको तथ्याङक छ । इलाम जिल्लामा २४ वटा ठूला र ४२ वटा साना चिया कारखाना सञ्चालित छन् ।

सोम, चैत्र २६, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

प्रमुख खबर बाट अन्य

आईसीयूका बिरामी बेहोसी अवस्थामै डिस्चार्ज

 झापा ,३० साउन / झापाको बिर्तामोडस्थित बीएन्डसी अस्पतालले आईसीयूमा उपचाररत एक बिरामीलाई अचेत अवस्थामै डिस्चार्ज दिएको छ । उपचार खर्च धेरै उठेको बारे आलोचना भएपछि अस्पतालले इलामको रोङ गाउँपालिका ४ का ३३ वर्षीय अरुण तामाङलाई...

रेडक्रस झापालाई दुई वटा एम्बुलेन्स उपहार

दमक, ३० साउन / भारतले आफ्नो ७२ औं स्वतन्त्रता दिवसको अवसर पारेर रेडक्रस झापालाई दुईवटा एम्बुलेन्स दिएको छ । भारतीय स्वतन्त्रता दिवसको अवसरमा दुतावास मार्फत भारत सरकारले झापा रेडक्रसलाई दुई वटा एम्बुलेन्स उपलब्ध गराएको रेडक्रस...

झापामा खसीको मासुमा मूल्यबृद्धि

दमक,३० साउन / झापाका मासु व्यवसायीहरुले खसीको मासुको मूल्य बढाएका छन् । चाडपर्व नजिकिदै गर्दा व्यवसायीहरुले आफनो एकल निर्णयबाट प्रतिकेजीमा रु ५० रुपैया बृद्धि गरेका हुन् । झापा जिल्ला मासु व्यवसायी सघंका नाममा बुधबार स्थानीय...

फूयलको घरबाट अवैध सूर्ति बरामद

गौरादह,३० साउन / झापाको गौरादहमा अबैध रुपमा लुकाइछिपाई राखेको सूर्ति प्रहरीले बरामद गरेको छ । गौरादह नगरपालिका–१ स्थित पदम फुयँलको घरबाट प्रहरीले मंगलबार रु ८० हजार मूल्य बराबरको अवैध सूर्ति बरामद गरेको हो । विशेष...

बेपत्ता दुईजनाको शव फेला

मोरङ, ३० साउन । मोरङ जिल्लाको ग्रामथन गाउँपालिका–३ स्थित जुडी खोलाले बगाएर बेपत्ता भएका दुई जनाको शव फेला परेको छ । प्रहरीका अनुसार खोलाले वगाएर वेपत्ता भएका मोङ, रंगेली नगरपालिका–२ बस्ने वर्ष ३५ को...

टिमाई खोलामा बढ्यो तस्करी, प्रहरीकै मिलेमत्तोको आशंका, स्थानीय आक्रोशित

बिर्तामोड । सरकारले वर्षाको समयमा असार एक गतेदेखि भदौ मसान्तसम्म नदीजन्य वस्तु निकासीमा रोक लगाएपनि झापाको बुद्धशान्ति गाँउपालिकामा रहेको टिमाई खोलामा भने नदीजन्य वस्तु ढुंङ्गा, गिट्टी, बालुवा उत्खनन् तथा निकासी नरोकिएको स्थानियले बताएका छन्...

भद्रपुर–७ मा चुम्लुङको समिति

दमक,२९ साउन / किरात याक्थुङ चुम्लुङ भद्रपुर –७ मा वडा समिति विस्तार गरिएको छ । मंगलवार वडा भेलाले सुमन कन्दङ्वाको अध्यक्षतामा ११ सदस्यीय चुम्लुङको वडा समिति गठन गरिएको हो । गठित वडा समितिको उपाध्यक्षमा बम...

खानेपानीमा विष, १३ विद्यार्थी बिरामी

उर्लाबारी, २९ साउन । मोरङको लेटाङ नगरपालिका–९ स्थित जाँतेमा रहेको श्री माध्यमिक विद्यालयको खानेपानी ट्याङ्कीमा अज्ञात समूहले विष हालेको पानी पिएर आज बिहान १३ विद्यार्थी बिरामी परेका छन् । ट्याङ्कीमा साइपर मेथिन नामक औषधि हालिएको...

बुधमायाले दिइन् माङहिमलाई १० धुर जग्गा

दमक,२९ साउन /  झापाको कमल गाउँपालिका–७ मेमेङ टोलस्थित किरात युमा माङहिम ( मन्दिर )लाई स्थानीय बुधमाया लिम्बुले करिव रु ५ लाख मूल्य बराबरको १० धुर जग्गा दिएकी छन् । माङहिम निर्माणका लागि दाता लिम्बुले आफनो...

सिद्धकाली मन्दिर तोडफोड गरी मूर्तिहरु चोरी

संखुवासभा | संखुवासभाको चैनपुरमा रहेको चर्चित धार्मिक शक्तिपिठ सिद्धकालीको शीवको मन्दिर आईतबार राती तोडफोड गरिएको छ । शीव मन्दिरमा पूजा आरधना गर्न आएका भक्तजनले शिवको मुर्ति तोडफोड गरेर फ्याकिएको अवस्थामा देखेका थिए । मन्दिरको प्राङगणमा...