पत्रकार उपचार कोषलाई सहारा नेपालको थप २ लाख ।

हाम्रो दमक

बिर्तामोड । नेपाल पत्रकार महासंघ झापा शाखाद्वारा स्थापित ‘पत्रकार–सहारा उपचार कोष’ का लागि सहारा नेपाल साकोसले थप दुई लाख रुपैयाँ प्रदान गर्ने भएको छ । बिर्तामोड–२ चारपानेमा मुख्य कार्यालय रहेको सहारा नेपाल साकोसले आफ्नो २२औं स्थापना दिवसको अवसरमा पत्रकारहरुको उपचारका लागि स्थापित कोषमा थप सहयोग गर्ने घोषणा गरेको हो ।

एक वर्षअघि सहारा नेपालले कोष स्थापनाका लागि पाँच लाख रुपैयाँ प्रदान गरेको र हाल कोषमा ३४ लाख रुपैयाँ जम्मा भइसकेको पत्रकार महासंघ झापाका उपाध्यक्ष एवम् कोषका संयोजक एकराज गिरीले जानकारी दिए । संस्थाको सामाजिक उत्तरदायित्व र पत्रकारको सेवामुखी अनि जोखिमपूर्ण कार्यलाई मनन गरी पत्रकारको हितमा उक्त रकम प्रदान गर्न लागिएको सहारा नेपाल सकोसका सचिव महेन्द्रकुमार गिरीले बताए ।

पत्रकार महासंघका उपाध्यक्ष एवम् कोषका संयोजक गिरीका अनुसार कोषमा दाताहरुले प्रदान गरेको रकमको ब्याजबाट पत्रकारहरु बिरामी या घाइते भएको अवस्थामा सहयोग प्रदान गर्ने कार्यविधि छ । विभिन्न क्षेत्रबाट पत्रकार सहारा उपचार कोषलाई सहयोग प्रदान गर्ने क्रम जारी रहेको छ । कोषको सेवा लिन पत्रकार महासंघका सदस्यले तीन हजार रुपैयाँ शुल्क तिरेर कोषको सदस्य बन्नुपर्ने हुन्छ ।
हालसम्म करिब एक सय जना पत्रकार कोषको सदस्य भइसकेको महासंघका सहसचिव तथा कोषका सचिव केशव भट्टराईले जानकारी दिए ।

२१ वर्ष अघि स्थापित सहारा नेपाल बचत तथा ऋण सहकारी मुलुककै उत्कृष्ट संस्थाको रुपमा स्थापित भएको छ । वित्तीय रुपमा सवल सहाराको कूल सम्पत्ति र दायित्व साढे ६ अर्ब रुपैयाँ पुगेको छ । सम्भवतः यो देशकै सबैभन्दा बढी कारोबार गर्ने सहकारी बनेको छ । ०७४ फागुन मसान्तसम्म संस्थाको कूल सम्पत्ति ६ अर्ब ४१ करोड ५४ लाख ४ हजार ७ सय ५० पुगेको छ । एक लाख ३० हजार ८०१ जना शेयर सदस्य रहेको सहारा नेपाल साकोस सबैभन्दा बढी सदस्य हुने सहकारी मध्ये पहिलो हो ।

‘समुदाय र सदस्यप्रतिको दायित्व निर्वाहमा अग्रसर छौं’– संस्थाका सचिव महेन्द्रकुमार गिरीले भने– ‘शिक्षा, स्वास्थ्य र कृषिमा विशेष योगदान गर्दैछौं ।’ गिरीले भने– ‘संस्थाहरुले चाहने हो भने समाजमा धेरै परिवर्तन गर्न सक्छन्, त्यसको उदाहरण सहारा नेपाल साकोस बनेको छ ।’ प्रदेश नम्वर १ को ६ जिल्ला कार्यक्षेत्र रहेको सहकारीका ५७ वटा सेवा केन्द्र सञ्चालनमा रहेको छ ।

बुध, चैत्र २१, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

प्रमुख खबर बाट अन्य

लामासहित १२ जना धरौटीमा छुटे

दमक, ३१ साउन / झापाको दमक–४ स्थित वन्डरलैण्ड स्वीमिङ पुलका सञ्चालक विदुर लामासहित १२ जना रिहा भएका छन् । ज्यान मार्ने उद्योग सम्बन्धी मुद्धामा गत साउन ६ गते समातिएका उनीहरु जिल्ला अदालत झापाको आदेशपछि...

सामुदायिक प्रहरीद्धारा परिचयात्मकसहित अन्तरकृया

दमक,३१ साउन/  सामुदायिक प्रहरी सेवा केन्द्रले इलाका प्रहरी कार्यालय दमकमा भर्खरै आएका डिएसपी श्यामल सुब्बासंग परिचयात्मकसहित अन्तरकृया गरेको छ । विहिबार प्रहरी परिषरमा भएको सो कार्यक्रममा सामुदायिक प्रहरी सेवा केन्द्रका पदाधिकारी,सदस्यहरुको उपस्थिति रहेको थियो । केन्द्रका...

वलात्कारको अभियोगमा तीन जना पक्राउ

दमक,३१ साउन/ बालिकालाई जर्वजस्ती बलात्कार गरेको अभियोगमा झापाको दमकबाट तीन जना पक्राउ परेका छन् । होटलमा राखेर जर्वजस्ती बलात्कार गरेको अभियोगमा दमक–१ का २० बर्षिय सुमन राई, सोहि वडाकै २२ बर्षिय समिर श्रेष्ठ र...

दमकमा एभरेष्ट शाकोसद्धारा वृक्षरोपण

दमक,३१ साउन /  हरित नगरको परिकल्पनालाई सार्थक बनाउन उद्देश्यले झापाको दमक–६ स्थित द एभरेष्ट बचत तथा ऋण सहकारीले बृक्षरोपण गरेको छ । अघिल्ला वर्षझै यसपटक समेत संस्थाले स्थानीय हनुमान मन्दिर सडक मार्गमा बृक्षरोपण गरेको...

लखनपुरका जुरेशलाई अभिमुखीकरण तालिम

कमल ,३१ साउन / रेडक्रस अभियानलाई थप सक्रिय बनाउने उद्देश्यले नेपाल रेडक्रस सोसाईटी लखनपुर उपशाखाले विहिबार जुनियर तथा युवा रेडक्रस सर्कललाई परिमार्जित प्रकृयाका बारेमा अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ । कमल गाउँँपालिका–५ स्थित स्टार अंग्रेजी...

तलहवाज विरुद्धको खेलमा सन्दिपको उत्कृष्ट प्रदर्शन, २ विकेट लिन सफल

बिर्तामोड । जमैका तलहवाज विरुद्धको खेलमा नेपालका युवा वलर सन्दिप लामिछानेले आज बिहान सम्पन्न भएको खेलमा  खेलमा २ विकेट लिएका छन् । क्यारेवियन प्रिमियर लिग अर्थात सीपीएल क्रिकेटमा एसटी किट्स एण्ड नेभिस प्याट्रोइड्सबाट खेलिरहेका सन्दिपले...

इलाम माइजोगमाईमा अलैंची खेती मासिंदै , किसानहरु चिन्तित

इलाम । उत्पादनमा केही सुधारोन्मुख देखिपनि पछिल्लो समय लगाइएको अलैंचीमा समेत रोग देखा पर्न थालेको छ । रोगको प्रकोप देखा परेपछि कतिपय किसानले अलैंची नै फाडेर पूरानै खेती सुरु गरेका छन् । दुई दशक...

घर घरमा नागको तस्बिरमा पूजा गरेर नागपञ्चमी मनाइँदै

बिर्तामोड । आज श्रावण शुक्ल पञ्चमी । हिन्दू धर्मावलम्बीहरुले आज नागपञ्चमी पर्व अर्थात नाग वा सर्पको पूजा गरेर मनाउँदैछन् । आजको दिन बिहानै उठी स्नान गरी  दिप,कलश,गणेश पूजा गरि गोवरको नाग बनाई नगको मानचित्रमा दहि,दूबो,कुश,सिन्दुुर,चन्दन आदिले...

राजपा छाडेर सांसद त्रिपाठी नेकपामा प्रवेश गर्दै

काठमाडौं । मधेस राजनीतिका एक शसक्त नेता तथा प्रतिनिधि सभाका सांसद हृदयश त्रिपाठी नेपाल कम्युनिष्ट पार्टी(नेकपा) मा प्रवेश गर्ने भएका छन् । राष्ट्रिय राजनीतिमा समेत प्रभावशाली नेताका रुपमा चिनिएका त्रिपाठी नेकपामा प्रवेश गर्न लागेका हुन्...

नेकपा झापा १७५ सदस्यीय हुने, अध्यक्षमा एमाले ,सचिवमा माके

झापा,३१ साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को झापा जिल्ला कमिटी निर्माणमा सहमति जुटेको छ । पूर्व एमाले र माओवादी केन्द्रवीच पार्टी एकीकरण भएपछि केन्द्रको निर्देशन अनुसार झापा जिल्ला कमिटी निर्माणमा सहमति भएको हो...