विमान दुर्घटनाका कारण राष्ट्रिय शोकको घोषणा

हाम्रो दमक

ढाका, ३० फागुन | बंगलादेश सरकारले बंगलादेशी विमान सेवा युएस बंगलाको विमान दुर्घटनामा परी ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जलि व्यक्तगर्दै राष्ट्रिय शोकको घोषणा गरेको छ ।

सरकारले बुधबार यस्तो शोकको घोषणा गरेको हो । बुधबार आकस्मिक रुपमा बसेको बंगलादेशको मन्त्रिपरिषदको बैठकले बिहीबारका लागि शोकको घोषणा गरेको हो ।

बिहीबारका लागि राष्ट्रिय शोकको घोषणा गरिएको र त्यसदित उक्त दुर्घटनामा परी ज्यान गुमाउनेहरुप्रति विभिन्न मन्दिर, चर्च, मस्जिदमा शान्तिको लागि प्रार्थना गरिनेछ भने त्यस दिनका लागि राष्ट्रिय विदा दिइने छ ।

बंगलादेशको राजधानी ढाकाबाट आएको उक्त विमान गत सोमबार अपरान्ह नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त हुदा ५१ जनाको ज्यान गएको थियो ।

सो विमानमा चालक दलका सदस्यसहित ७१ जना सवार थिए ।

बुध, फाल्गुन ३०, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

प्रमुख खबर बाट अन्य

आदिवासी रंगशालाको मनोनितसहित सल्लाहकार समिति गठन

कमल,५ साउन/ झापाको कमल गाउँपालिकास्थित आदिवासी रंगशाला तथा स्मृति प्रतिष्ठानको कार्यसमिति विस्तार गरिएको छ । आज सम्पन्न रंगशाला समितिको पूर्ण बैठकले कार्यसमिति सदस्यमा ३ जना मनोनित गर्नुका साथै १६ सदस्यीय एक सल्लाहकार समिति गठन...

सताक्षीमा चुम्लुङको नेतृत्व

दुधे,५ साउन / झापाको शिवसताक्षीमा किरात याक्थुङ चुम्लुङ गठन गरिएको छ । साविकका सताक्षीधामसहित शिवगञ्ज,पाँचगाछी,धरमपुर गाविसहरु गाभिएर शिवसताक्षी नगरपालिका भएपछि चुम्लुङलाई सोहि ढाचामा संगठन निर्माण गरिएको हो । चुम्लुङकी केन्द्रीय सदस्य विष्णुमाया चेम्जोङको प्रमुख आतिथ्यतामा...

पूर्वी नाकाबाट १७४ नेपाली चेलीको उद्धार

काकड्भिट्टा , ५ साउन । माइती नेपालले पूर्वी नाका काँकडभिट्टाबाट गत छ महिनामा १७४ जना नेपाली चेलीको उद्धार गरेको छ । मानव बेचबिखनमा संलग्न दलालहरुले झुक्याएर भारततिर लैजान लागेको अवस्थामा ती चेलीलाई सम्झाई–बुझाई नाकाबाट फर्काएर...

लायन्स क्लव लखनपुरको पदहस्तान्तरण

कमल,५ साउन/ झापाको कमल गाउँँपालिकास्थित लायन्स क्लव अफ लखनपुरको आज पदहस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । स्थानीय फूलवारी होटलमा एक कार्यक्रम गरि क्लवको वर्ष २०१८/१९ को नेतृत्वसहित पदहस्तान्तरण सम्पन्न भएको हो । लायन्सका जोन चियर...

झापाका नागरिक भन्छन्– प्रदेश १ को राजधानी गोठगाउँ, नाम विराट वा सगरमाथा

बिर्तामोड। प्रदेश नंम्बर १ को राजधानी मोरङको गोठगाउँ राख्नु उपयुक्त हुने झापाका नागरिक समाजका प्रतिनिधिको निष्कर्ष छ । पूर्वाञ्चल विश्वविद्यालयसहित गोठगाउँको आठ सय विगाह सरकारी जमिनमा प्रदेशको राजधानी राख्नुपर्ने र त्यो ठाउँ सबैलाई पायक...

शुक्रवार यो वर्षकै गर्मी

दमक,४ साउन /    झापाको दमकमा आज यो वर्षकै गर्मी भएको छ । दिउँसो पख दमकमा गर्मीको तापक्रम ३९ डिग्री सेल्सियस रहेको थियो । दमक बहुमुखी क्याम्पसको मौषम मापनका अनुसार दमक आसपासमा तापक्रम ३९ डिग्री...

दमकमा ‘डि टाउन’स्वीमिङ पुल सञ्चालन

दमक,४ साउन / भलिवलका पूर्व राष्ट्रिय खेलाडी शैलेन्द्र श्रेष्ठले दमकमा स्वीमिङ पुल खोलेका छन् । दमक–२ मा आफनो १० कठ्ठा जमीनमा श्रेष्ठले बहुउद्देश्यीय सुविधासम्पन्न स्वीमिङ पुल सञ्चालनमा ल्याएका हुन् । ‘डि टाउन’ नामक सो स्वीमिङ...

झापाका ९ वटा खोललाई तटबन्धन गर्ने तयारी, चिन र नेपालका प्राबिधिकद्वारा सर्वेक्षण

झापाका बिभिन्न ९ वटा नदिको स्थाई तटबन्धन निर्माणका लागि चिनिया टोलीले प्रारम्भिक कार्य सुरु गरेको छ । चिन र नेपालका बिभिन्न प्राबिधिकको समुहले झापाका मुख्य नदिहरुको प्रारम्भिक सर्वेक्षण सुरु गरेका हुन । झापा र मोरङको...

एक वर्षपछि मात्र वडा कार्यालय स्थापना

गौरीगञ्ज ,४ साउन । गौरीगञ्ज गाउँपालिका–५ को वडा कार्यालय बिहीबार उद्घाटन गरिएको छ । गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठले सो कार्यालयको एक कार्यक्रमको बीच उद्घाटन गरे । वडा कार्यालय सम्बन्धित वडामै स्थापना हुनुपर्ने नेपाल सरकारको नीति...

१४ सय लागूऔषध प्रयोगकर्ताहरुले उपचार पाए

दमक, ४ साउन / झापाको दमकमा रहेको हेप्पी नेपाल विसड्म फाउण्डेशनबाट करिव १४ सय लागूऔषध प्रयोगकर्ताहरुले उपचार पाएका छन् । फाउण्डेशनले सञ्चालन गरेको उपचार तथा पूर्नास्थापना केन्द्रबाट हालसम्म १३ सय ९५ जना लागूऔषध प्रयोगकर्ताहरुले...