दमकको पाथिभरा चलचित्र मन्दिरमा एकै दिन मंगल र ‘गाजा बाजा’ कस्ले मार्लाबाजी

हाम्रो दमक

नगेन्द्रमणि न्यौपाने, दमक

केहि दिन अघि सम्मपनि नयाँ नेपाली चलचित्र हेर्नलाई लामो समय कुनुपर्ने हुन्थ्यो । तर पछिल्ला दिनमा आएर नेपाली चलचित्रको निर्माण हुने क्रम बढेसंगै अहिले चलचित्र प्रर्दशनकालागि वितरकहरुलाई हल व्यावस्थापन गर्न हम्मे हम्मे हुने गरेको छ ।

यहि फागुन २५ गतेबाट देशभर चलचित्र ‘गाजा बाजा’ सहित ३ वटा चलचित्रहरु प्रर्दशनमा आउदै छन । ३ वटा नेपाली चलचित्रहरु एकैदिन प्रर्शनमा आउने भएपछि वितरले कुन चलचित्र कुन हलमा लगाउने भन्ने चिन्ता बढाइदिएको छ । यसै साता फिल्म ‘गाजा बाजा’ सहित मंगलम र हुर्रे प्रर्दशन हुदै छन । चलचित्र ‘गाजा बाजा’को निर्माण पक्षले सोमवार दमकमा पत्रकार सम्मेलन गर्दै सो चलचित्रका लेखक तथा निर्देशक गणेशदेव पाण्डेले करिव २ वर्षको प्रतिक्षापछि ‘गाजा बाजा’ प्रदर्शनमा आउन लागेको प्रति खुशि व्याक्त गर्नुभयो ।

यो निर्देशक पौडेलले चलचित्र २ वर्ष अघि नै निर्माण भइसकेको भएपनि चलचित्र विकास बोडले सेन्सर लगाएपछि सर्वोच्च अदालत सम्म मुद्धा चलेको बताउनु भयो । अहिले गाँजा शब्दको चन्द्रविन्दु हटाएर फिल्म चलाउने सहमति भएको उनले बताए ।

यूट्युबमार्फत सो चलचित्रको ट्रेलर केहि दिन अघिमात्र सार्वजनिक गरिएको छ । हास्य र बास्तविक विषय बस्तुमा तयार भएको कथामा निर्माण भएको ‘गाजा बाजा’को ट्रेलरमा सुशील सिटौला, अनुपम शर्मा र वर्षा सिवाकोटीलाई मुख्य भूमिकामा देखाइएको छ । दीपेन्द्र रेग्मी र गोमा थापा विष्टको संयुक्त लगानीमा तयार भएको फिल्ममा वर्षा, अनुपम र सुशीलसँगै रविन थापा, अमर सुवेदी, उद्धव भट्टराई, रक्षा श्रेष्ठ, जीवन भट्टराई, गोपाल अर्याल लगायतको अभिनय रहेका छन् ।

‘डीआर फिल्म्स’ र ‘टुका इन्टरटेनमेन्ट’ को व्यानरमा निर्माण भएको फिल्ममा निख एण्ड जटाको संगीत, याकोपो रास्लिकको छायांकन, लोकेश बज्राचार्यको सम्पादन रहेको छ । २५ गते दमकको पाथिभरा चलचित्र मन्दिरमा एकैदिन २ वटा नयाँ नेपाली चलचित्र मंगलम र ‘गाजा बाजा’ पनि प्रर्दशनमा आउन सक्ने नेपाल चलचित्र वितरक संघ पूर्वाचलका संयोजक चैतन्य बरालले जानकारी दिए ।

बरालले दर्शकको रुचिका आधारमानेर कुन चलचित्रले प्रथामिकता पाउने भन्ने विषय रहेको बताउनु भयो ।

मङ्ल, फाल्गुन २२, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

कलिउड बाट अन्य

चलचित्र “कुलत” को छायाङ्कन हुँदै

बुद्धशान्ति। पुर्वेली कलाकार संघको दोस्रो प्रस्तुती नेपाली चलचित्र “कुलत” को छायाङ्कन शुरु भएको छ । नाटक लेखन, निर्देशन र अभिनयको अनुभव सँगोका कसम खवासको कथा लेखन र निर्देशनमा निर्माण भइरहेको चलचित्र कुलतको झापाको बुद्धशान्ति...

हृदयाघातका कारण चलचित्र निर्माता धिमालको निधन

काठमाडौँ ।  निर्माण भएको पहिलो चलचित्र माइतीघरका छायाकार गेहेन्द्रप्रसाद धिमालको ७२ वर्षको उमेरमा शनिबार निधन भयो । हृदयाघातका कारण छायाकार धिमालको निवास काठमाडौँ महानगरपालिका–४ महाँकालमा असामयिक निधन भएको हो । उहाँले नेपाली र अन्य भाषाका गरी दर्जनौँ...

निखिल र शिल्पाको मुख्य भूमिका रहेको चलचित्र ‘भिलेन’को फर्स्ट लुक सार्वजनिक

काठमाडौँ, २० कार्तिक । निखिल उप्रेती र शिल्पा पोखरेलको मुख्य भूमिका रहेको चलचित्र ‘भिलेन’को फर्स्ट लुक सार्वजनिक भएको छ । फष्ट लुक्सको पोष्टरमा निखिल मात्र अटेका छन् अन्य कलकारहरुलाई भने देखाइएको छैन् । चलचित्रलाई देबेन्द्र...

सार्वजानिक भयो चलचित्र ‘प्रसाद’ को अफिसियल ट्रेलर ( भिडियो सहित)

काठमाडौँ। मंसिर २१ गतेबाट अलनेपाल प्रदर्शनमा आउने लागेको चलचित्र ‘प्रसाद’ को अफिसियल ट्रेलर सार्वजानिक भएको छ । चलचित्रको ट्रेलर शुक्रवार नेपाल आइडलमार्फत सार्वजानिक गरिएको हो । सार्बजानिक भएको ट्रेलरमा चलचित्रका मुख्य कालाकार, अभिनेता विपिन कार्की,...

रेखाको ‘मालिका ‘ लाई करिश्माको स्यालुट !

काठमाडौं। शुक्रबारबाट प्रर्दशनको तयारीमा रहेको फिल्म ‘मालिका’को यतिबेला विभिन्न ठाँउमा ‘च्यारिटी शो’ र विशेष शो भइरहेका छन्। फिल्म हेरेर निस्कने क्रममा अभिनेत्री करिश्मा मानन्धरले रेखाको काम समाजका लागि निकै प्रेरणादायक रहेकोे प्रतिकृया दिइन्। उनले सञ्चारकर्मीसँग...

चलचित्रमा ओरालाे लाग्दै गरेकी रेखालाई अब मालिकाकै भर !

काठमाडौं । कुनै समय यस्तो थियो, रेखा थापा जति फिल्म खेल्थिन्, सबै हिट हुन्थे। चारैतिर उनकै हाई–हाई हुन्थ्यो। तर, अहिले एक वर्षमा एउटा फिल्म मात्र खेल्छिन्, तैपनि लगानी नै उठ्दैन। यो खबर आजको नेपाल साप्ताहिकले...

विवाहका लागी तयार दिवाकर र दीपिका, केहि हप्ता अगाडी भयो इन्गेजमेन्ट

काठमाडौं । ‘ऐश्वर्य’ डेव्यु अभिनेत्री दीपिका प्रसाईले पहिलो चलचित्रबाट नै निकै राम्रो तारिफ बटुलिन् । उनको बोल्डनेसले निकै राम्रो चर्चा पाएको थियो । चलचित्रलाई दिवाकर भट्टराईले निर्देशन गरेका थिए । दीपिका र दिवाकरको प्रेम चर्चा चलेको...

चलचित्र गोलको गीत पलपलको भिडीयो सार्बजनिक ।

नेपाली कथानक चलचित्र गोलको ‘पल पल’ बोलको गीतको भिडियो रिलीज भएको छ । गीतमा मेलिना राईको स्वर, भिम बस्नेतको संगीत तथा मुकुन्द प्रयास र भिम बस्नेतको शब्द रहेका छन् । २०७५ मंसीर २८ गते...

कपाल मुण्डन गरेर प्रेमलिलामा, माघ २५ गतेको मिति पक्का

काठमाडौ | चलचित्र प्रेमलिलाको अफिसियल पोस्टर र चलचित्र प्रदर्शन मिति सार्वजनिक भएको छ । पछिल्लो समय केही चलचित्रमा अभिनय गरेता पनि सफलता हासिल अर्न नसकेकि कलाकार दिपशिखा खडका भिन्न गेटअपको साथमा नयाँ चलचित्र प्रेमलिला मा...

रेखा थापाको मालिकाको ट्रेलर सावर्जनिक

काठमाण्डौ | अभिनित्री रेखा थापाको निर्माण, निर्देशन र अभिनयमा रहेको फिल्म मालिका ट्रेलर सावर्जनिक भएको छ । रेखा फिल्मसको व्यानरमा बनेको सो चलचित्रलाई रेखा थापाकी ममतामयी आमा सरस्वती थापाले निर्माण गरेकी छिन । आँउदो कार्तिक...