Face of The Week: कराँते मेरो जीवन हो: पुष्प न्यौपाने, दमकेली युवा परदेशमा परिचय बनाउदै

हाम्रो दमक

“जीवन सधै कहाँ उसैतै हुदो रहेछ । उमेर सँगै समय बित्दै जाँदा कुनै कुनै पल खुशी मिल्दो रैछ । यसैले कराँते मेरो जीवन हो । हजुरहरू सँग सधै बिजयको आशिर्वाद माग्दछु ।

फेसबूकको वालमा यो स्टाटस पढ्दा मेरो मनमा यति धेरै खुशी र उमंगले भरिएर आयो कि म पनि केही कुराहरू शेयर गरौं । तर पुष्प भाइसँग पहिला केही थप जानकारीहरू मागौं र शेयर गरुँ कि भन्दै अनलाइन इमो च्याटमा ब्यस्त भए । भोलिपल्ट एउटा यस्तो “ब्यक्ति परिचय ” लेखे ।

प्रत्येक ब्यक्तिमा एउटा एउटा कलाको गुण लुकेको हुन्छ । फरक यति मात्र हो, कोही कलालाइ द्रुत गतिमा अगाडि बढाउन सफल हुन्छ भने कोही आफू भित्रको कलाकारिता लाइ सिमित ढंगले सन्चालन गरि त्यै विधामा आश्रीत हुन पुग्छ । आफू भित्रको कला लिएर जीवनलाई अगाडि बढाउनु त्यति सजिलो हुदैन । यहाँ राम्रो काम गरेर, राम्रो र ठूलो मान्छे बन्छु भन्नूमा धेरै चुनौतीहरू हुन्छन । तेस्तै चुनौतिहरूलाई पार लगाउदै यूवा उमेरमा जोश, जाँगर र सफलताका साथ अघि बढ्दै गरेका एक सफल खेलाडी ब्यक्तित्व हुन, पुष्प न्यौपाने ।

पूजनीय बुबा सूर्य बहादुर र आमा डम्बर कुमारी न्यौपानेको कोखबाट बि. सं. २०५२ सालमा कान्छो छोराको रुपमा जन्मिएका हुन । उनको जन्म झापा जिल्ला, दमक नगरपालिका वार्ड न. १९, को इन्द्रेणी ताल छेउमा अवस्थित बिरेन्द्रडाँगी टोलमा भएको हो । सामान्य परिवारमा जन्मिएका पूष्पको वाल्यकाल अवस्था घर – परिवार सगै बितेको थियो । सानै देखि उनको झुकाव खेलकुद र संगीत क्षेत्रमा थियो । उनको शिक्षा आर्जन नजिकैको स्कुल श्री सिंह देबी माध्यामिक विध्यालयबाट भएको हो । स्कुलमा हुने अतिरिक्त क्रीयाकलापहरु जस्तै; खेलकुद, फुटबल खेल्ने, गीत गाउने र नाचगानमा भाग लिने गर्दथे । यस्ता प्रतिस्पर्धात्मक कार्यक्रम हरूमा जितेर पुरस्कारहरू पनि पाउने गर्दथे । पुरानो मोजाको गोल बनाएर साथीहरूसँग घर अगाडिको बाटो र मावा खोलाको बगरमा समेत फुटबल खेल्दथे । अनि आफूले गोल पोस्ट भित्र गोल छिराउदा ” किन गोल छाडिस हँ ?” भन्दै साथीहरूलाइ खै गर्दै गाली र ताली बराबर दिदै सम्झाँउथे । उनी सानै उमेर छँदा साथीहरूको लहलहैमा लागेर पैसा कमाउन भनि घर र पढाई छाडेर भारतको केरला तिर गए । उनले केरेलामै डो जो कराँते सिक्ने मौका पाए । परदेशको ठाँउमा एक समय अर्काको अरन खटनमा काम गर्दै रहे । अर्को एक समय कराँते खेल सिक्ने राम्रो समय बनाउदै एक सफल भबिस्य जीवन खोज्दै हिडे । फलस्वरूप: उनले प्रारम्भिक स्तरको कराँतेखेल केरेला बाटै पूरा गरे ।

पूष्पलाई गाउँ घरमा ज्योतिषी कान्छाको कान्छो छोरा भनेर चिनिन्छ । उसलाई “सुने ” को नामले पनि बोलाइन्छ । उनले केरेलामा केही समय काम त गरे तर भनेजस्तो पैसा कमाउन सकेनन । वल्लो गाउँ, पल्लो गाँउका साथी भाइहरू बिदेश गएर पैसा कमाइ ल्याको देखे पछि फेरि उसलाइ बिदेश जाने मन बढ्न थाल्यो । सोही अनुरुप बि. स. २०७१ पूष २८ गते उनी फेरि वैदेशिक रोजगारमा अरब मुलुक को यु. ए. इ., दुबइ शहर गए । बाउन्न डिग्रीको तातो घाम र ह्युमिडिटीले निकालेको पसिना पुछ्दै अरू पनि हरेक समस्याहरू सामाना गर्दै बिस्तारै खटेर, डटेर काम गर्ने बानी पर्यो पुष्पको ।

सन २०१६ को अक्टोबर २८ तारिखमा ” दुबइ गोल्डेन फिस्ट एकाडेमी” ले ” इन्टर डोजो कराँते च्याम्पियनसीप ” को आयोजना गरेको थियो । वास्तवमा त्यो दिन नै उसको लागि जीवनको महत्वपूर्ण दिन बन्यो । पूष्पले पनि दुबइ पुगेर काम गरेको अठार महिना पछि सो च्याम्पियन कम्पिटिसनमा भाग लिने सु – अवसर पाए । उनी सत्र जना कराँते खेलाडी मध्येको एक प्रतिस्पर्धी थिए । सोह्र जनालाई खेलमा उछिन्दै उनले अग्रता कायम गरे । पूष्प लाई कसैले जित्न सकेनन । अनन्त; उनी सफलताको शिखरमा पुगेरै छोडे र प्रथम च्याम्पियन उपाधी प्राप्त गरे । स्पोन्सर टिमले पनि कराँते च्याम्पियनसिपमा पहिलो बिजेताको रुपमा घोषणा गर्दै सोही दिन उनलाइ नोभेम्बर तीनमा ” इन्टरनेशनल ब्लाक बेल्ट ” लिनलाई निमन्त्रणा गर्यो । अघिल्लो दिन भएको स्टेज प्रोग्रामको डान्स प्रतियोगितामा पनि तेस्रो बिजेता भएका थिए र प्रमाण पत्र, ट्रफी, मेडलको साथमा ६०० दिराम नगद पुरस्कार पनि पाएका थिए ।

वास्तवमा, यो जित पुष्प न्यौपानेको मात्र नभएर हामी सम्पूर्ण नेपालीहरुको बिजय हो । यो सफलतामा हाम्रो गाउँ, टोल र समाजको सफलता जोडिएको छ । हामी दमक उन्नाइसको मात्र नभएर एउटा सिङ्गो दमक को गौरव हुन भन्नमा दुई मत नहोला । हाम्रो दमक उन्नाइसको सामाजिक जीवनमा डाक्टर, इन्जिनियर, शिक्षक, वकिल, बुद्धिजीवी, पत्रकार, गायक जस्ता कुशल ब्याक्तित्वहरुको जन्म भइरहेको छ । आज पनि तपाईं हामी माझ हाम्रो गाउँ, टोल, समाजको खेलकुद तथा कराँते क्षेत्रमा एक नव प्रतिभाशाली युबा कराँते खेलाडी बिहानीको सुर्योदय जस्तै बनेर उदाइरहेका छ्न । बिदेशको ठाँउमा एक श्रमिकको रुपमा रहेर पनि आफ्नो मिहिनेत र लगाबले ठूलो सफलता प्राप्त गरेका छन ।

आउनुहोस, तपाइँ हामी सबैले अन्तर आत्मा देखि नै हौंसला र सम्मान गरौं । उनको साहसी कदम नै हाम्रो समाजको साहस हो । उनको खेल जीवनको प्रत्येक कदमहरू हामी, हाम्रो समाज र सन्ततिहरुको लागि शिक्षा र उपदेश पनि बन्न सक्ने छन । धन्यवाद, जय देश ।

पुष्प न्यौपानेसँग प्रत्यक्ष अनलाइन इमोमा गरेको संक्षिप्त्त कुराकानीको आधारमा तयार गरिएको ।

मङ्ल, फाल्गुन १५, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

यो हप्ताको अनुहार बाट अन्य

पत्रकारीता लोभको भाँडो हो जुन पेशालाई राजा देखि रैती सम्मले लोभ गरेका हुन्छ्न: भैरव रीसाल

सत्य तथ्य खोजमुलक पत्रकारीतामा विस्वास राख्ने जो कोहि पनि सायदै नहोलान अग्रज तथा वरीष्ठ पत्रकार भैरव रीसाललाई भेट्न नचहाने विरलै होलान त्यसै क्रममा रीसालसङ्ग विगत तथा वर्तमान परीवेशमा स्थापित नेपाली पत्रकारीता सम्बन्धमा केही चर्चा...

आजसम्म अविवाहित नै छु, मन पराउने धेरै होलान तर खाटी माया र प्रेममा भने परेकी छैन: गायिका तारा थेवे

प्रश्न नै प्रश्नको एउटा किताब रहेछ जीवन, उत्तर खोजिरहदा एउटा सोच्यो अर्कै भै दिने कस्तो भुलभुलैया रहेछ जीवन गायिका तारा थेवे काठमाडौको अनामनगरमा जंकाभेट भैरहदा जिन्दगीको परिभाषा यसरी गरीन । हाम्रो दमक डटकमको फेस...

५० रुपैयाले कलाकार बनेकी दिप शिखा !

सानैदेखि निकै चुलबुले स्वभाव भएकोले सबैले चटपटे भन्दै जिस्काउने गर्दथिए अनि जब लक्ष्यको अर्थ बुझ्ने उमेर भयो त्यही क्षणदेखि नै कलाकार बन्ने सपना मानस पटलमा बस्न थाल्यो । बाल्यकाललाई यसरी स्मरण गरिन नायिका दिपशिखा...

Face of The Week, १०४ पिन्ट रगतदान गरि सकेका राजकुमार अझै हटाकटा

पछिल्लो समय बढदो सवारी दुर्घटना र आकस्मिक दुर्घटनाहरु साथै मानिसहरुमा लाग्ने विभिन्न रोगहरुको उपचार तथा शल्यक्रिया गर्नु पर्दा अस्पतालहरुमा धेरै नै रगतको माग हुने गरेको छ । जटिल अवस्थामा उपचाररत विरामीहरुकलागि अवाश्यक रगत जति...

विदेश त्यागेर स्वदेशमा रमाएका पवन

२२/२३ बर्षको कलिलो उमेरमै वैदेशिक रोजगारको अनुभव लिए झापा,कमल गाँउपालिका– ६ का पवन लुइँटेलले । विदेशको मोह त्यागेर आफनै ठाँउमा फर्किएका लुईटेलले छोटो अवधिमा यतिखेर युवा व्यवसायीका रुपमा कहलिएका छन्।   संयुक्त अरब इमरेट्सको एक कम्पनीमा...

Face of The Week, कर्तव्य र जिम्मेवारीको गरौं झोला बोकेर नथाक्ने पदम !

मानिसको भिड त्यसमा पनि सवारी साधनको यतिकै बाक्को ताँती, घरी घरी मन्द हावाले उडाउदै गरेको धुलो त्यस्मा थपिन्छ गाडीको कालो मुस्ला धुवाँ यहि काठमाडौ शहर जहाँ लाखौ मान्छेको सपनाका झिना आशाहरु अल्झिएका छन ।...

Face of The Week, केपी बाको रेलैमा गीत ल्याएर ह्वातै चर्चामा आएकी रमा थापा !

के गाउँ के शहर तिजको रौनकताले छाएको छ, अस्तव्यस्त रहने काठमाडौका प्रत्येक सडकमा रातो साडी, कुर्ता लगाएर सिङ्गारीएर हिडिरहेका नारी समुहहरु भेटिन्छन् । गाँउबस्तीहरुमा चाड्पर्वको भारी भन्दा पनि धेरै कामको भारीले फुर्सद नहुदोहो, आधुनिक...

Face of The Week, सुन्दर मनका समाजसेवी सुन्दर !

सुरुवाति दिनमा ज्याला मजदुरी गरेर जिविकोपार्जन गर्थे सुन्दर श्रेष्ठ । भनिन्छ, जीवन संघर्ष हो । सुन्दरको नाम समाजसेवीका रूपमा सुन्दर अक्षरले लेखिनुमा उनको संघर्षले ठूलो भूमिका खेलेको छ । मोरङ राजघाटका—७ हाल उर्लाबारी ९...

Face of The Week [विष्णु कटुवाल] सिंगो राष्ट्रको प्रतिनिधित्व गर्दै १६ औ एसियन गेम खेलेका खेलाडी

२०४२ सालमा सप्तरीको फत्तेपुर वडा नं ३ मा जन्मिएका विष्णु कटुवाल गोबिन्द कटुवालका जेठा छोरा हुन । गोबिन्दका तीन सन्तान मध्येका जेठा छोरा विष्णु कटुवाल नेपाल प्रहरीका राष्ट्रिय व्याटमिन्टन खेलाडी हुन । विष्णुले फत्तेपुर...

Face of The Week [भावना अयेर] अन्यायमा परेकाहरुको न्यायका निमित्त लड्छु !

कंचनपुर जिल्लाको सदरमुकाम महेन्द्रनगरमा बुबा स्वर्गीय जगत बहादुर अयेर र आमा अनिया अयेरको कोखबाट २०४८ सालमा जन्मनु भएकी भावना अयेर सामाजिककर्मी हुन । उनी बालबालिका, महिला र युवाहरु सगं सम्बन्धित समस्याहरूको समाधानका निमित्त काम...