झापाको हात्ती नियन्त्रणका लागि ८ करोड, काम शुन्य ! खै पैसा खै काम ?

हाम्रो दमक

झापा, १० फागुन । राष्ट्रिय वन विकास तथा व्यवस्थापन कार्यक्रमअन्तर्गत झापाको हात्ती नियन्त्रणका लागि पाँच महिनाअघि ८ करोड ८ लाख ९० हजार रुपैयाँ विनियोजन भए पनि काम हुन सकेको छैन ।

झापाको चारआली र जलथल जंगलको चारैतर्फ झन्डै ७० किलोमिटर सोलार फेन्सिङ गर्न वन विभागले २ असोजमा चलानी नम्बर १४६ बाट जिल्ला वन कार्यालयलाई पत्राचार गरी काम अघि बढाउन निर्देशन दिएको थियो । तर झापा वनले विभिन्न कारण देखाएर सो काम गर्न नसक्ने भनी रायसहित विभागलाई पत्राचार गरेसँगै हात्ती नियन्त्रण र सोलार फेन्सिङ कार्यक्रम अनिश्चित बनेको हो ।

कामको प्रगति विवरणअनुसार रकम निकासा गर्ने र चौमासिक निकासा गरिएको भन्दै विभागका महानिर्देशक कृष्णप्रसाद आचार्यले हस्ताक्षर गरी महालेखा परीक्षकको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्, अर्थ मन्त्रालय, राष्ट्रिय योजना आयोग, महालेखा नियन्त्रक र कोलेनिका झापालाई बोधार्थसमेत पठाइएको थियो । तर रकम भने निकासा नगरिएको झापा जिल्ला वन कार्यालय प्रमुख बोधराज सुवेदीले बताए ।

काम गर्नू भन्ने आदेश आए पनि कोलेनिकामा पैसा नआएको उनको भनाइ छ । ‘ढिलो गरी बजेट पठाउने निर्णय भयो, ठूलो बजेट भएकाले सार्वजनिक खरिद ऐन तथा आवश्यक जनशक्तिको अभावमा समयमै काम सम्पन्न गर्न सम्भव थिएन,’ सुवेदीले भने, ‘हामीले विभागलाई पत्राचार गरेर यो रकम राष्ट्रिय प्रकृति संरक्षणकोष खुमलटारलाई काम गर्ने अधिकार दिई रकमान्तर गर्न उपयुक्त हुने सुझाव दिएका थियौं, के भयो, थाहा छैन ।’

राष्ट्रिय प्रकृति संरक्षणकोष खुमलटारले यसअघि पनि झापाको बाहुनडाँगी नेपाल–भारत सिमानाको मेची नदी किनारमा हात्ती नियन्त्रणका लागि गरेको सोलार फेन्सिङ टिकाउ र भरपर्दो भएको उनले दाबी गरे । उनले फेन्जगार्ड भारत रागामाला कोलेनी तमिलनाडुसँग सोझै सम्झौता गरेर काम गरे प्रभावकारिताका साथै समयमै सकिने उल्लेख गरे ।

हात्ती नियन्त्रणका लागि सोलार फेन्सिङ बनाउन छुट्टिएको ८ करोडभन्दा धेरै रकम प्रयोगमा नआउँदा झापाको सदरमुकाम चन्द्रगढी, बिर्तामोड, मेचीनगर बुद्धशान्ति गाउँपालिका, भद्रपुर नगरपालिका तथा कचनकवल र हल्दीबारी गाउँपालिकाका जंगलआसपासका हजारौं बासिन्दा रातभर जागै रहन बाध्य रहेको बताइन्छ । ‘हात्तीले रातभरि सुत्न दिन्न,’ बिर्तामोड नगरपालिकाका प्रमुख ध्रुव शिवाकोटीले भने, ‘बजेट विनियोजन भए पनि काम नहुनु दुर्भाग्य हो ।’

उता, वन मन्त्रालयका सचिव युवकध्वज जीसीले खरिद प्रक्रियाबाट यो काम गर्न समयमै नसकिने देखेपछि रकमान्तरका लागि पटकपटक अर्थ मन्त्रालयमा लेखेर पठाएको जिकिर गरे ।उनले भने, ‘हामी झापाको हात्ती समस्याबारे अत्यन्तै चिन्तित छौं तर अर्थ मन्त्रालयले पैसा पठाउन अटेर गरेको हो, हाम्रो गल्ती छैन ।

जिल्ला वन कार्यालयमा तथ्यांकअनुसार झापामा हात्तीको आक्रमणबाट हालसम्म ३३ जनाको ज्यान गइसकेको छ । त्यस्तै, करोडांै रुपैयाँबराबरको नगदे तथा खाद्यान्न बाली हात्तीले नष्ट गरिसकेको छ । वन सुरक्षाकर्मी र प्रहरी हात्ती धपाउन रातभरि साइरन बजाउँदै खटिरनुपर्ने बाध्यता छ ।

‘जनताले दिनहँु हात्तीबाट प्रताडित हुनुपर्ने समस्याबाट मुक्ति दिलाउन ढिला गर्न नहुनेमा प्रदेशसभा सदस्य एकराज कार्कीले जोड दिए । ‘सरकारी प्रक्रिया र कमजोरीको कारण सोलार फेन्सिङ रोकियो भने जनता सडकमा आउँछन्, समयमै कार्यान्वयन होस्,’ अध्यक्ष कार्कीले भने । राजधानीमा खबर छ ।

बिहि, फाल्गुन १०, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

पत्रपत्रिकाबाट बाट अन्य

मन्त्रिपरिषद्का निर्णय गुपचुप राख्न प्रधानमन्त्रीको आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद्का निर्णय सार्वजनिक नगर्न मन्त्रीहरुलाई पुनः सचेत गराएका छन् । गत आइतबारको मन्त्रिपरिषद् बैठकका निर्णय गोप्य राख्ने भनिए पनि केही मन्त्रीले सार्वजनिक गरेपछि बिहीबारको बैठकमा ओलीले थप सचेत गराएका हुन्...

गुटगत स्वार्थका कारण विघटनको संघारमा नेविसंघ

काठमाडौं । माउ पार्टी नेपाली कांग्रेसका शीर्ष नेताहरुको गुटगत स्वार्थका कारण नेपाल विद्यार्थी संघको १२ औँ महाधिवेशन अन्योलमा परेको छ । पार्टी सभापति शेरबहादुर देउवा र असन्तुष्ट पक्ष संघको नेतृत्व आफ्नो अनुकुल बनाउन सक्रिय रहँदा संघको...

अब शिक्षकको न्यूनतम योग्यता स्नातक र स्नातकोत्तर

काठमाडौं  ।  सरकारले सामुदायिक विद्यालयमा अध्यापन गराउने शिक्षकको योग्यता स्नातक र स्नातकोत्तर हुनुपर्ने प्रस्ताव गरेको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तयार गरेको विद्यालय तथा शिक्षण संस्था...

धर्म परिबर्तन गराउने दुई जापानी महिलालाई देश निकाला

काठमाडौं । गृह मन्त्रालयले भिसा दुरुपयोग गरी धर्म परिवर्तन गर्न प्रचारप्रसार गरिरहेका दुई जापानी महिलालाई ५ बर्ष नेपाल प्रवेशमा प्रतिबन्ध लगाई निष्कासन गरेको छ । मारी इकुरा र यासुको ओवाले इसाई धर्म प्रचारप्रसार गर्ने र गरिब...

कठै ! गाडी चढ्न ६ दिन हिँड्नुपर्छ यी गाउँका बासिन्दालाई

काठमाडौँ । डोल्पाका कराङ र तिलिङ गाउँका बासिन्दालाई मोटर चढ्न ६ दिन पैदल हिँड्नुपर्छ। छिमेकी जिल्ला जाजरकोटको सदरमुकाम पुग्न ८ दिन, संघीय राजधानी काठमाडौं पुग्न १० दिन। जाजरकोट-डोल्पा सडकको खलंगादेखि दुनैसम्मको १ सय १८ किलोमिटर ट्रयाक...

सांसदलाई जथाभावी उपचार खर्च, सबैभन्दा बढी लिने शान्तिकुमारी

काठमाडौं  । संघीय संसदका सांसदले २ हजारदेखि २ लाखसम्म उपचार खर्च बुझेका छन् । प्रतिनिधिसभा र राष्ट्रियसभाका ४० जना सांसदले झन्डै सात लाख उपचार खर्च लिएको संघीय संसद् सचिवालयले जानकारी दिएको छ । फागुन् २१ बाट...

सरुवा भएको ठाउँमा जान नमान्ने स्वास्थ्य सचिव डा. चौधरीलाई कारबाही गर्ने सरकारको तयारी

काठमाडौँ । सरकारले स्वास्थ्य तथा जनसंख्यासचिव डा. पुष्पा चौधरीमाथि कारबाहीको तयारी थालेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरिए पनि सचिव चौधरी हाजिर हुन नगएपछि उनीमाथि कारबाही गर्ने मनस्थितिमा सरकार पुगेको...

प्रेम सम्बन्धले मन्त्री पद गुमेपछि…

काठमाडौं । सुदुरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्रीबाट बर्खास्त गरिएका दीर्घ सोडारीलाई नेकपाले साधारण सदस्य पनि नरहने गरी निष्कासन गरेको छ । नेकपाका स्थानीय नेताहरुको अनुसार, उनी लामो समयदेखि धनगढीकै एक महिलासँग प्रेम सम्बन्धमा थिए । त्यो स्थानीय नेता...

धर्ना बसेका निर्मला पन्तका आमाबुबा चिसोका कारण बिरामी

महेन्द्रनगर । छोरीको न्यायका निम्ति धर्ना बस्नुभएका निर्मला पन्तका आमाबुबा बिरामी पर्नुभएको छ । यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको मुख्य प्रवेशद्वार अगाडि यही कार्तिक २५ गतेदेखि अनिश्चितकालीन धर्नामा बस्नुभएका...

निर्मला हत्याका ११२ दिन : गाउँले पनि प्रहरीको शंकाको घेरामा

काठमाडौं ।  निर्मला पन्तको बलात्कारपछि हत्या भएको १ सय १२ दिनसम्म पनि हत्यारा पत्ता लगाउन नसकेको प्रहरीले गाउँलेमाथि नै अनुसन्धान सुरु गरेको छ। न्याय माग्दै निर्मलाका बुबा यज्ञराज जिल्ला प्रशासन कार्यालयअगाडि धर्नामा बसिरहेका वेला प्रहरीले केही...