सुनसरीमा दुई मुख तिन आँखा भएको बाच्छी जन्मिएपछि हेर्न आउनेको भिण

हाम्रो दमक

सुनसरी | सुनसरीको धरान १४ स्थित स्थानीय किसान इन्द्र कटुवालले पालेको गाइले करिब तिन साता अघि जन्माएको अनौठा बाच्छी हेर्न आउनेको भिड लाग्न थालेको छ ।

कटुवालको गोठमा रहेको गाइले आफनो बेतमा टाउको एउटै, दुई मुख, दुई जिब्रो र तीन वटा आखाँ भएको बाच्छी जन्माएपछि सो बाच्छी हेर्न अहिले दैनिक सर्वसाधारणहरु भिड बढ्दै गएको छ ।

माघ १३ गते जन्मिएको सो बाच्छीको किसान कटुवालले १९ दिन पछि हिन्दु परम्पार अनुसार न्वारन समेत गरिदिएका छन । सामान्यतया गाईले बाच्छा वा बाच्छी जन्माएको ११ दिनमा दूध र घ्यु चढाएर चोख्याउने र बाच्छा वा बाच्छी नामकरण गर्ने गरिएको भएपनि सो अनौठो बाच्छीको न्वारान ति किसानले पुरोहित लगाएर वौधिक विधि अनुरुप गरिदिएका छन ।

सो अनौठो बाच्छीको न्वारनमा त्रिकोण गौरीमाता नाम जुराइएको छ । यस्तो प्रकृतिको गाईको बाच्छी जन्मिएको भन्ने पहिलो पटक सुनेपछि भोजपुरबाट हेर्न आएको आशकला लिम्बुले बताइन । यसैगरि संखुवासभाका लिला बहादुर राईले बाच्छी हेरिसकेपछि अहिलेसम्म कही कतै यस्तो बाच्छी नदेखेको प्रतिक्रिया दिए । अहिलेसम्म जीवितै रहेको सो बाच्छीले आफना दुई वटा मुखबाट नै दूध पिउने गरेकोे र तीनवटै आखाले हेर्ने गरेको किसान कटुवालले बताए ।

शुक्र, फाल्गुन ४, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

रोचक खबर बाट अन्य

आमचौकमा निशुल्क स्वास्थ्य शिविर

दमक, १० माघ । झापाको दमक ३ स्थित आमचौकमा विहिबार निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । स्थानीय नेपाल जापान फ्रेण्डसिप बोर्डिङ्ग स्कुलको आयोजनामा भएको शिविरमा स्कुलका विद्यार्थी र अभिभावकहरु गरि दुई सय १५...

दमकमा प्रचारात्मक सरसफाई

दमक,१० माघ । गोपाल किराती नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टी माओवादी केन्द्रले विहिबार दमकमा आसन्न महाधिबेशनलाई लक्षित गरि प्रचारात्मक सरसफाई कार्यक्रम गरेको छ । फागुन १ गते काठमाण्डौमा हुन गइरहेको पार्टीको आठौ राष्ट्रिय महाधिबेशनलाई सफल बनाउन...

दुर्घटनाका घाईते सहचालकले उपचार पाएनन

‘दमक ,१० माघ । १० महिना अघि काठमाडौंको पेप्सीकोलामा बस दुर्घट्नामा परी सख्त घाईते भएका सहचालक तेह्रथुमको आठराई गाउँपालिका वडा नं २ खाब्लालुङका २६ बर्षिय मनकुमार लकान्द्री उपचार अभावमा भौतारिरहेका छन् । अन्नपूर्ण यातायातको बा...

समाजद्धारा पीडित परिवारलाई सहयोग

शिवसताक्षी,९ माघ । गत कार्तिक ३० गते कुवेतमा हृदयघात भई कुवेतमा निधन भएका झापा, शिवसताक्षी ९ माइधारका ३७ वर्षिय विष्णुकुमार घिमीरेको परिवारलाई झापाली समाज कुवेतले नगद रु १ लाख ५० हजार ५ सय रुपैया...

दमकमा शुक्रवार लिम्बुवान बहस हुदै

दमक, ९ माघ । लिम्बु विद्यार्थी मञ्चले दमकमा माघ ११ गते शुक्रवार लिम्बुवान सम्बन्धी बहस गर्ने भएको छ । लिम्बुवान प्राप्तिको आन्दोलनलाई सघाँउ पुरयाँउन उद्देश्यले लिम्बुवान सम्बन्धी बहस सहित अन्तरकृया गर्ने भएको मञ्चका केन्द्रीय अध्यक्ष...

उत्कृष्ठ विद्यार्थीलाई स्वर्णलक्ष्मीको सम्मान

दमक,९ माघ  । दमक – ८ स्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत २ जना उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कृत गरेको छ । दमक –२ स्थित हिमालय नमुना माविको ६३ औं बार्षिकोत्सव कार्यक्रमका बीच...

दमकमा छोराको कुटपिटबाट बाबुको मृत्यु

दमक, ९ माघ । झापाको दमकमा छोराको कुटपीटबाट बाबुको मृत्यु भएको छ । दमक–  ६ स्थित रातो पुल बस्ने राजन न्यौपाने र छोरा विशाल न्यौपाने वीच घरायसी विषयमा बुधबार दिउँसो झगडा हुदाँ छोराको कुटपीटबाट ५८...

दमकमा बाह् दिने पाँचौ फूडफेस्टिवल हुने

दमक,९ माघ । दमकमा यहि फागुन १ गतेदेखि १२ गतेसम्म पाँचौ दमक फूडफेस्टिवल तथा सांस्कृतिक पर्यटन महोत्सव २०७५ हुने भएको छ । खाद्य परिकारहरुसहित स्थानीय क्षेत्रको व्यवसायिक प्रवद्र्धन गर्ने उद्देश्यले यसवर्ष समेत फेस्टिवललाई निरन्तरता...

वान्तवाको स्मृतिमा विद्यालयमा प्रवेशद्धार

दमक, ९ माघ। झापाको कमल गाँउपालिका ५ स्थित मंगलमय माध्यमिक विद्यालयका जग्गादाता समेत रहेका पूर्वअध्यक्ष सन्तकुमार वान्तवाको स्मृतिमा उनका परिवारले विद्यालयमा प्रवेशद्धार निर्माण गरिदिएका छन् । कमल ६ बस्ने स्व.वान्तवाको धर्मपत्नी कृष्णकुमारीसहित छोराहरु कमल,गणेश र...

जयेन्द्रप्रसाद प्रसाई साहित्य सेवा कोषले भारति र धराबासी सम्मानित हुँदै

विर्तामोड । जयेन्द्रप्रसाद प्रसाई साहित्य सेवा कोषले प्रत्येक वर्ष प्रदान गर्दै आएको साहित्य तथा पत्रकारिता पुरस्कारका लागि कृति तथा प्रतिभा छनौट गरेको छ । कोषले यसबर्ष झापा घर भई काठमाडौं बस्दै आएकी श्रष्टा अर्चना...