आउने नयाँ प्रधानमन्त्रीबाट पेट्रोल पाइपलाइनको शिलान्यास गर्ने भारतको तयारी

हाम्रो दमक

काठमाडौं १७ माघ । नेपालमा इन्धन बिक्रीमा एकाधिकार पाएको भारतले नयाँ प्रधानमन्त्री आएपछि मात्र नेपाल–भारत (रक्सौल–अमलेखगञ्ज) पेट्रोल पाइप लाइन निर्माण सुरु गर्ने भएको छ ।

पाइप लाइनका लागि धमाधम पाइप नेपाल भित्रिरहेको भए पनि भारतले नयाँ सरकार बनेपछि पाइप लाइन निर्माण थाल्ने संकेत गरेको हो ।

वाम गठबन्धनको बहुमत रहेकाले भावी प्रधानमन्त्रीको रुपमा केपी शर्मा ओलीलाई हेरिएको छ । राजनीतिक स्वार्थ पूरा गर्न साढे दुई वर्षअघि इन्धनमा नाकाबन्दी लगाएको भारतले नयाँ बन्ने रक्सौल–अमलेखगञ्ज पेट्रोल पाइपलाइनको शिलान्यास नयाँ प्रधानमन्त्रीबाट गरेर राजनीतिक सन्देश दिने तयारी गरेको हो ।

‘पाइप आए पनि नयाँ प्रधानमन्त्रीबाट शिलान्याश गर्ने सन्देश आएको छ,’ निगमका एक अधिकारीले भने, ‘निर्माण सुरु गर्न केही समय लाग्ने देखिएको छ ।’नागरिक दैनिकमा समाचार छ ।

बिहि, माघ १८, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

पत्रपत्रिकाबाट बाट अन्य

झापाको हात्ती नियन्त्रणका लागि ८ करोड, काम शुन्य ! खै पैसा खै काम ?

झापा, १० फागुन । राष्ट्रिय वन विकास तथा व्यवस्थापन कार्यक्रमअन्तर्गत झापाको हात्ती नियन्त्रणका लागि पाँच महिनाअघि ८ करोड ८ लाख ९० हजार रुपैयाँ विनियोजन भए पनि काम हुन सकेको छैन । झापाको चारआली र जलथल...

पूर्वडीआईजी नवराज सिलवालको यस्तो माग !

काठमाडौं १२ माघ । किर्ते कागजातको अनुसन्धानका लागि प्रहरीको खोजी सूचीमा रहेका ललितपुर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित पूर्वडीआईजी नवराज सिलवालले ‘प्रहरी महानिरीक्षक नियुक्ति प्रकरण’ को निष्पक्ष निकायबाट छानबिन माग गरेका छन् । उनले यो...

चूडामणि शर्माविरुद्ध निस्कियो अर्को काण्ड, सुपारी काण्ड !

काठमाडौं १२ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निलम्बित सहसचिव चूडामणि शर्माविरुद्ध गैरकानुनी सम्पत्ति आर्जन अभियोगमा भ्रष्टाचार मुद्दा दायर गर्ने निर्णय गरेको छ । बिहीबारको आयोग बोर्ड बैठकले शर्माविरुद्ध ४ करोड ५० लाख रुपैयाँ...

दुग्ध विकास संस्थानमा अढाइ करोड घोटाला

काठमाडौं १२ माघ । दुग्ध विकास संस्थानका कर्मचारीले पछिल्ला तीन वर्षमा २ करोड ४९ लाख ४२ हजार ३ सय ७८ रुपैयाँ घोटाला गरेका छन् । संस्थान सञ्चालक समितिले गरेको अध्ययनअनुसार तीन वर्षयता संस्थानका विभिन्न...

६८ लाखको गाडी किन्ने धरानका मेयरको निर्णय विवादमा

धरान | धरान उपमहानगरपालिका प्रमुख (मेयर) तारा सुब्बा फेरि विवादमा तानिएका छन्। मेयर भएलगत्तै भुमाफियाको सम्मान थापेर विवादमा तानिएका उनी दोस्रो पटक एमाले नेता पत्नीलाई विनाप्रतिष्पर्धा जागिर लगाएर विवादमा तानिए। तेस्रोपटक मेयर सुब्बाले झण्डै...

अब जरिवाना तिरे सवारी लाइसेन्स नभए पनि छुट !

काठमाडौं ८ माघ । सवारी सञ्चालन अनुमतिपत्र(लाइसेन्स) नभए पनि तनहुँमा सवारी साधन चलाउन पाइन्छ भन्दा अचम्म लाग्छ । तर, यो यथार्थ हो । लाइसेन्स नभए पनि सवारी साधन चलाएकै आधारमा ट्राफिक प्रहरीले पक्रिए पनि...

खुट्टाले हैन साहसले चढिन्छ सगरमाथा

काठमाडौं ८ माघ । रोल्पा थबाङका हरि बुढामगरलाई बाल्यकालदेखि नै घरअघिको हिमालले लोभ्याउँथ्यो । त्यही लोभले उनमा सगरमाथा चढ्ने चाहना पलायो । १९ वर्षको उमेरमा ब्रिटिस गोर्खा सेनामा भर्ती भएका उनले विभिन्न देशमा युद्धमा...

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक भोलि, बैठकमा निर्वाचनको समीक्षा नहुने

काठमाडौं ३ माघ । कांग्रेस सभापति शेरबहादुर देउवाले चौतर्फी दबाबपछि पार्टीको केन्द्रीय कार्यसमिति बैठक माघ ४ गतेका लागि बोलाएका छन् । आजको कान्तिपुरमा खबर छ । निर्वाचनमा पार्टी पराजयको समीक्षाका लागि तत्काल बैठक बोलाउन कांग्रेस...

प्रदेश प्रमुखका लागी यी हुन सम्भावित नामहरु

सरकारले पूर्वसचिवहरूलाई प्रदेश प्रमुखमा नियुक्ति गर्न सक्ने मापदण्ड परिवर्तन गरेको छ । आन्तरिक गृहकार्य भइरहेका वेला पूर्वसचिवहरूले आफूलाई प्रदेश प्रमुखमा नियुक्ति गर्न दबाब बढाएपछि सरकारले पूर्वसचिवलाई हटाएको हो । वाणिज्यमन्त्री मीन विश्वकर्माले पूर्वप्रशासकका तर्फबाट...

१२ बर्षीया बालिका सामूहिक बलात्कारको शिकार ।

जनकपुर | जनकपुरमा एक १२ बर्षीया बालिका सामूहिक बलात्कारको शिकार बनेकी छिन्। जनकपुर उपमहानगरपालिका ४ की ति बालिकालाई छिमेकी चार युवाले बलात्कार गरेका हुन्। दिउँसो अर्काको घरमा काम गर्ने ति बालिका शुक्रबार राति करिब आठ...