हेरौ संसारका उत्कृष्ट १० सेक्स पर्यटन बजार ।

हाम्रो दमक

सेक्स मानव जिवनको एक अपरिहार्य प्राकृतिक प्रक्रिया हो । सेक्स भन्ने बिक्तिकै मानिसमा एउटा नयाँ तरंग पैदा हुन्छ । पछिल्लो समय सेक्सले नयाँ मोड लिईरहेको पाईन्छ । अहिले विश्वमा सेक्सलाई सामान्य रुपले हेर्न थालिएको पाईन्छ ।

सेक्सलाई व्यवस्थित गर्न विभिन्न कानुन समेत बनाईएका छन् । विश्वका विकसित मुलुकले यसलाई व्यवस्थित गर्न तथा पर्यटकलाई आर्कषित गर्न सेक्स पर्यटनको अवधारण नै ल्याएका छन् । विश्वका केही यस्ता देश छन् ,जहा सेक्सको लागी खुल्ला बजारको व्यवस्था नै गरिएका हुन्छन् । सेक्स मार्फत पर्यटकहरुलाई आर्कषित गर्न यस्ता योजनाहरु ल्याएका छन् । हेरौ संसारका उत्कृष्ट १० सेक्स पर्यटन बजार

डोमेनिकन रिपब्लिक:

क्यारेबियन राष्ट्रमा सेक्स पर्यटन फस्टाउँदो छ । त्यसमध्ये पनि डोमेनिकन रिपब्लिक यस मामिलामा अगाडि मानिन्छ । यहाँको यौन पर्यटनलाई खासगरी महिला यौनकर्मीले थेगिरेहका छन् । यहाँ ६० हजारदेखि एक लाख महिला यौनकर्मी रहेको अनुमान छ । यौन बजारमा ‘पसल थाप्न’ हाइटीदेखिका महिला पनि डोमेनिकन रिपब्लिक पुग्ने गरेका छन् ।

डोमेनिकन रिपब्लिकमा देहव्यापार गैरकानुनी छैन । यद्यपि उमेर नपुगेकासँग सेक्स गर्नुलाई यहाँ अपराध मानिन्छ । दुर्भाग्य, यहाँका अधिकांश महिला यौनकर्मी उमेर नपुगेका किशोरी नै छन् । अमेरिका र युरोपबाट सजिलै पुग्न सकिने भएकाले यहाँ यौन पर्यटन चकित तुल्याउने गतिमा वृद्धि भइरहेको छ ।

कम्बोडिया:

देहव्यापारविरुद्ध भएका कुलुकमध्ये एक हो, कम्बोडिया । तर यसको कार्यन्वनपक्ष ज्यादै फितलो छ । जसले गर्दा यहाँ यौन व्यवसाय फस्टाएको छ र विदेशी पर्यटन यसतर्फ आकर्षित भएका छन् । यौन व्यवसायमा बालबालिकाको प्रयोग कम्बोडियाको प्रमुख मानवअधिकारको मुद्दा बन्न पुगेको छ ।

कम्बोडिया संसारकै गरिब राष्ट्रहरुमा पर्छ । त्यहाँको तलबदर अत्यन्तै कम छ । चरम गरिबीका कारण कतिपय अभिभावकले यौन व्यवसायमा लगाउन आफ्नै सन्तानलाई बिक्री गर्ने गरेका छन् । नवकिशोरीको ‘भर्जिनिटी’ सेक्सका पारखीले ज्यादै मूल्यवान ठान्ने गरेका छन् । यस्ता पर्यटकले कम्बोडियालाई इच्छा पूर्तिगर्नृ गन्तव्य बनाउने गरेका छन् ।

नेदरल्यान्ड्स:

यौन व्यवसाय गरिब मुलकमा मात्रै फस्टाउँदैन । नेदरल्यान्ड्सजस्तो धनी देशको यौन पर्यटन पनि प्रसिद्ध छ । सरकारले देह व्यापारिका लागि छुट्टै ‘रेड लाइट एरिया’ तोकेको छ । जहाँ नेदरल्यान्ड्सभित्र र बाहिरका मानिसले गर्ने यौन सन्तुष्टि खरिद गर्ने गरेका छन् ।

आम्सटर्डममा रहेको ‘रेड लाइट एरिया’ मा पर्यटनका लागि यौनकर्मीले ‘सेक्स सप’, ‘पिप शा’, ‘स्ट्रिप क्लब’ लगायत सञ्चालन गरेका छन् । त्यस्तै होटेल र लजका कोठामा यौन बिक्री गर्ने व्यवसायी पनि प्रसस्तै छन् ।

यौन व्यवसायले कानुनी मान्यता प्राप्त गरेकाले यौनकर्मी र यसका ग्राहक दुवैले नेदरल्यान्ड्समा तनाब बेहोर्नु पर्दैन । यौन सव्तुष्टि खअरिद गर्न एउटा पर्यटकले एक पटकमा ३५ सय युरोमम्म खर्च गर्नुपर्छ ।

केन्या:

केन्यामा गरिबीकै कारण यौन व्यवसाय फस्टाइरहेको छ । यौन व्यवसायमा संलग्नमध्ये अधिकांश गरिब, अशिक्षित, र नवकिशोरी छन् । केन्याको बजारमा यौन असुरक्षित मानिन्छ । यहाँका यौनकर्मीमा एचआइभी एड्सको अवस्था भयावह छ । भिरिंगीलगायतका यौनरोगबाट ग्रसित यौनकर्मीको संख्या पनिा यहाँ धेरै छ ।

१२ वर्षदेखिका किशोरीले यहाँ सेवा उपलब्ध गराउने गरेका छन् । जुनसुकै समूहका यौनकर्मीले कन्डम प्रयोगमा त्यती उत्साह देखाउने गरेका छैनन् । कैन्याली यौनकर्मीले दिनमा पाँच जना ग्राहकसम्मलाई सेवा दिने गरेका छन् ।
यहाँ प्रहरी प्रशासनले कुनै हस्तक्षेप गर्ने गरेको छैन ।

ब्राजिल:

ब्राजिल जंगल सयर, त्यहाँका सुन्दर र मिजासिला मानिस, मन लोभ्याउने समुन्द्री किनार र अनेक पर्वमा यौन परिकार पनि थपिएपछि संसारभरीका बिलासी मानिसले यी सबैको एकैपटम सन्तुष्टि लिन ब्राजिललाई गन्तव्य बनाउन थालेका छन् ।

ब्राजिलको यौन बजारलाई संसारकै दोस्रो ठूलो यौनबजार मानिन्छ । यहाँको यौन बजारमा नारी र पुरुष दुवै पर्यटकले सेवा पाउछन् । पछिल्लो विश्वकप फुटबलका समयमा यौन बजारको हिस्सा बन्न संसारभरीबाट यौनकर्मी ब्राजिल पुगेका थिए ।

फिलिपिन्स:

फिलिपिन्समा यौन व्यवसायविरुद्ध कडा कानुन छ । यसमा संलग्न व्यक्तिलाई राज्यले पक्राउ गरेर दण्डसमेत दिने गरेको छ । तर पनि फिलिपिन्सको बजार संसारकै मुख्य बजारमा गनिन्छ । फिलिपिन्समा करिब पाँच लाख यौनकर्मीले सेवा उपलब्ध गराइरहेका छन् । तीमध्ये अधिकांश ‘बार गर्ल’को आवरणमा सक्रिय छन् ।

फिलिपिन्स पुग्ने अधिकांश विदेशी पर्यटक त्यहाँको यौन बजारमा पुग्ने गरेका छन् । एक अनुसन्धानले फिलिपिन्स पुग्ने ४० देखि ६० प्रतिशत पर्यटकले फिलिपिन्सको यौन बजारमा सन्तुष्टि खरिद गर्ने उद्देश्य राख्ने गरेको देखाएको छ ।

इन्डोनेसिया:

बढी संख्यामा बालबालिका संलग्न भएको यौन बजारमध्ये इन्डोनेसिया पनि एक हो । त्यहाँको यौन बजारमा विदेशी पनि आकर्षित भएपछि इन्डोनेसियाली सरकारलाई यौनकर्ममा बालबालिकाको संलग्नता रोक्न ज्यादै अप्ठेरो भएको छ ।

इन्डोनेसियामा यौन व्यवसाय कानुनी रुपमा वर्जित छ । नैतिक दृष्टिकोणले समेत यसलाई ज्यादै तल्लो स्तरको पेशा मानिन्छ । यति हुँदाहुँदै पनि विदेशी पर्यटकलाई समेत आकर्षित गर्ने स्तरमा यहाँको यौन बजारको विकास भएको छ । कानुनी रुपमा बन्देज लगाइएकाले यहाँका यौन व्यवसायीले सामाजिक सञ्जाल तथा वेबसाइटको बढी प्रयोग गर्ने गरेका छन् ।

स्पेशनका म्याड्रिड, बार्सिलोनाजस्ता सहर यौन सन्तुष्टि खोज्नका लागि आकर्षक गन्तव्य बन्न पुगेका छन् । यहाको नाइटलाइफ ज्यादै भब्य छ । देहव्यपारलाई कानुनी मान्यता दिइएकाले युरोपभरी स्पेन प्रमुख सेक्स गन्तव्य बन्न पुगेको छ ।

म्याड्रिडमा रहेको रेड लाइट एरियामा विभिन्न ठाउँबाट मानिस सजिलै आउन सकून भनेर बाटोघाटोको राम्रो व्यवस्था मिलाइएको छ । स्पेनको यौन बजारमा स्पेनीभन्दा बढी दक्षिण अमेरिकन नागरिक सक्रिय छन् । त्यमध्ये प्राय: सबै महिला छन् ।

थाइल्यान्ड:

थाइल्यान्डको राजधानी बैंकक संसारकै सबैभन्दा ठूलो यौन बजार हो । यहाँ करिब ३० लाखजति यौन व्यवसायी रहेको अनुमान गरिएको छ । समलिंगीका लागि समेत त्यहाँ खुल्ला छ । बैंककको पताया र पतपाङमा यौनकर्मी बढी केन्द्रित छन् । नग्न नृत्य, पूर्णयौन सुविधा लगायत  सेक्स शो त्यहाँ देखाइन्छ ।

बैंककको यौन बजारमा पुग्नेले डिस्को र डान्स क्लबमा खुलेआम ‘न्यड शो’ चलिरहेको देख्न पाउछन् । त्यहाँका यौनकर्मी सरकारी कार्यलयमा दर्ता भएका छन् र उनीहरु नियमित कर तिर्छन् । त्यसैले उनीहरुको स्वास्थ्य र सुरक्षमा सरकारले चासो देखाउने गरेको छ । कुनै बेला धर्मराएको अर्थतन्त्रलाई लिकमा ल्याउन थाइल्यान्डले यौन पर्यटन आरम्भ गरेको थियो । टिभी अन्नपूर्ण

बुध, माघ १७, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

रोचक खबर बाट अन्य

मिस टीन पूर्वाञ्चल प्रदेश १ को चौथो संस्करणमा २२ जनाको सहभागिता

बिर्तामोड, जेठ १३ | वीरता जेसीज बिर्तामोड र बिर्ता मिडिया एण्ड इन्टरटेन्मेन्टको संयुक्त आयोजनामा हुने मिस टीन पूर्वाञ्चल प्रदेश नं. १ चौथो संस्करणमा २२ जनाले सहभागिता जनाउने भएका छन् । प्रदेश नं. १ अन्तर्गत झापाको...

‘मेराे उदास जीन्दगीमा’ बोलको हेर्नै पर्ने गीत, भिडियो सहित

काठमाडाै, २७ वैशाख । ‘मेराे उदास जीन्दगीमा’ बोलको आधुनिक गीत भिडियोसहित म्युजिक नेपालमार्फत सार्बजनिक भएको छ । मिलन मगरकाे शब्द रचना रहेको यो देवकुमार मगरकाे स्वर रहेको छ भने अभिनयमा शिरेष थापा र तस्विरा लामिछानेलाई देख्न...

युटुवमा चर्चा कमाएका दमकका असाेक बिद्यालय भर्ना, उनकाे प्रतिभाले परीवारकै भाग्य बद्लियाे [भिडियाे सहीत]

झापा । असोक दर्जि समाजिक संजालमा मात्र सिमित रहेन उनको चर्चा चिया पसल देखी हाट बजार हुदै स्थानिय सरकार सम्म पुग्यो यो कुरा पुग्यो यो कुरा थाहा पाउने बितिकै बुधबार दमक नगर पालिकाकी उप...

मिस एसईई प्रोविन्समा १८ छनौट

बिर्तामोड,२८ चैत / बिएजुकेशन एण्ड माइग्रेसन कर्नर मिस एसईई प्रोविन्स वानको पहिलो छनौट कार्यक्रम बुधबार सम्पन्न भएको छ । बिर्तामोडको होटल फ्लोरिडामा सम्पन्न अडिसनबाट १८ प्रतियोगि छनौटमा परेका छन् । सहभागी २८ जनाबाट १८ जनालाई...

चैत २३ गते बिर्तामोडमा एफएलफ अवार्ड

बिर्तामोड, २० चैत । लिम्बू भाषा, संस्कृति र कलाको संरक्षण गर्ने उद्देश्यले स्थापित लिम्बू फिल्म र म्युजिक भिडियोको संयुक्त अवार्ड ‘एफएलएफ अवार्ड–२०७४’ यस वर्ष झापाको बिर्तामोडमा हुने भएको छ । गत वर्ष काठमाडौँमा वितरण गरिएको...

बैशाखमा प्रदेशस्तरिय मिस एसईई

दमक,१८ चैत /  झापामा मिस एसईई प्रदेश १ को तेस्रो संस्करण हुने भएको छ । यस अघि मिस एसईई झापाको नामबाट सञ्चालन भईरहेको प्रतियोगिता देश संघिय संरचनामा गई सकेपछि प्रदेश स्तरिय बनाउदै मिस एसईई...

पपुवान्यूगिनीमा शक्तिशाली भूकम्प जादा सयौँको मृत्यू ।

बिर्तामोड । पपुवान्यूगिनीमा ६ दशमलव ९ म्याग्नेच्यूटको शक्तिशाली भूकम्प गएको छ । भूकम्पका कारण इन्गा राज्यमा कम्तिमा पनि एक सय जनाको ज्यान गएको छ । धेरै मानिसको मृत्यू भएको हुन सक्ने अन्तराष्ट्रिय समाचार संस्थाहरुले जनाएका...

विमान दुर्घटनाका कारण राष्ट्रिय शोकको घोषणा

ढाका, ३० फागुन | बंगलादेश सरकारले बंगलादेशी विमान सेवा युएस बंगलाको विमान दुर्घटनामा परी ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जलि व्यक्तगर्दै राष्ट्रिय शोकको घोषणा गरेको छ । सरकारले बुधबार यस्तो शोकको घोषणा गरेको हो । बुधबार आकस्मिक...

मङ्गोलियामा विभिन्न कारणले दुई हजार ५५ ले आत्महत्या गरे

एजेन्सी | मङ्गोलियामा गरिएको एक सर्वेक्षणका अनुसार सन् २०१२ देखि २०१६ सम्म दुई हजार ५५ मङ्गोलियाली नागरिकले आत्महत्या गरेका छन् । यस प्रकार आत्महत्या गर्नेमा प्रायः पुरुष रहेको हालै गरिएको सो सर्वेक्षणको प्रतिवेदनमा जनाइएको छ...

ट्रम्पका एकजना सहयोगीले उनलाई छोडे

एजेन्सी | अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका एकजना सहयोगीले आफ्नो पदवाट राजिनामा दिने बुधबार घोषणा गरेका छन् । पूर्व मोडल समेत रहेकी राष्ट्रपति ट्रम्पका सञ्चार निर्देशक होप हिक्सले राजीनामा दिने घोषणा गरेको बताइएको छ । हिक्सले ट्रम्पसँग...