खग्रास चन्द्रग्रहण आज लाग्दै, साँझ ६:३६ मा लाग्ने र ८:५७ मिनेटमा सकिने ।

६ बजेर ३६ मिनेटमा इशान कोणबाट ग्रहणले छुने

हाम्रो दमक

बिर्तामोड । माघ शुक्ल पूर्णिमाका दिन आज बेलुकी खग्रास चन्द्रग्रहण लाग्ने भएको छ । आज साँझ ५ बजेर ५५ मिनेटमा चन्द्रमा उदाउने र ६ बजेर ३६ मिनेटमा इशान कोणबाट ग्रहणले छुने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । ग्रहणको मध्यकाल ७ बजेर १७ मिनेटमा हुनेछ । ८ बजेर ५७ मिनेटमा पश्चिमबाट ग्रहणको मोक्षकाल हुने अर्थात् ग्रहण सकिने समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिनुभयो ।

ग्रहणको सुतक भने आज बिहान ८ बजेर ५५ मिनेटदेखि सुरु हुने उहाँले बताउनुभयो । धर्मशास्त्रीय मान्यतानुसार आजको चन्द्रग्रहण वृष, तुला र कुम्भ राशि भएकाहरुले मात्र हेर्नुहुन्छ । पञ्चाङ्गमा मेष राशिलाई व्यथा, वृष श्रीप्राप्ति, मिथुन क्षति, कर्कट घात, सिंह खर्च, कन्या लाभ, तुला सुख, वृश्चिक माननाश, धनु कष्ट, मकर स्त्रीपीडा, कुम्भ सुखप्राप्त र मीन राशिकालाई चिन्ताको योग रहेको समितिले जनाएको छ ।

यस वर्षको चन्द्रग्रहणमा खग्रास, चन्द्रमा पृथ्वीको नजिक आउने र ग्रेगोरियन पात्रोअनुसार एकै महिनामा दुई पटक पूर्णचन्द्र देखिने ‘ब्लु मुन’ को योग परेको नेपाल एष्ट्रोनोमिकल सोसाइटीले जनाएको छ । यो दुर्लभ खगोलीय घटना १ सय ५२ वर्षपछिको पहिलो हो । यसअघि ब्लु मुन सन् १८६६ मार्च ३१ तारिखका दिन देखिएको सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले बताउनुभयो ।  चन्द्रग्रहण अफ्रिकाका केही देशबाहेक विश्वभरबाट देख्न सकिने सोसाइटीले जनाएको छ ।

बुध, माघ १७, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

बिज्ञान/प्रविधि बाट अन्य

गणतन्त्र दिवसमा सार्वजनिक विदा कटौती गरिएको भन्दै झापाबाट प्रमलाई ज्ञापनपत्र

झापा | सरकारले गणतन्त्र दिवसमा सार्वजनिक विदा कटौती गरेको भन्दै नेपाल प्रेस युनियन झापा शाखाले प्रधानमन्त्री कार्यालयलाई ज्ञापनपत्र पठाएको छ । गणतन्त्र दिवसको सार्वजनिक विदालाई निरन्तरता दिन दवाव स्वरुप नेपाल प्रेस युनियन झापाका शाखाका सभापति...

जनता संग प्रहरी कार्यक्रम आजबाट प्रदेश एकमा सुरु

बिराटनगर | एक नम्बर प्रदेश सरकारले सय दिन भित्रै गर्ने भनेको जनता संग प्रहरी कार्यक्रम सय दिन बिते पछि आजबाट सुरु भएको छ । सो अभियानको मुख्य मन्त्री शेरधनराईले विराटनगरस्थित आदर्श माविबाट स्टिकर टाँसेर...

कोलाटोलीमा कल्भर्ट बनाएर बचेको रकम पत्रकार उपचार कोषलाई

बिर्तामोड, १४ जेठ।  झापा बिर्तामोड–९ कोलाटोलीका बासिन्दाले कल्भर्ट निर्माण गरी उपभोक्ता समितिमा बचत रहेको रकम पत्रकार महासंघ झापाले स्थापना गरेको पत्रकार सहारा उपचार कोषलाई प्रदान गरेका छन् । आज आइतबार उपभोक्ता समितिका अध्यक्ष रत्नबहादुर बस्नेत...

रिङरोड स्तरन्नोति सडकको आय–व्यय सार्वजनिक

झिलझिले , १४ जेठ / झापाको शिबसताक्षी–६ र ७ अन्तरगत (साविक शिबगञ्ज गाविसमा पर्ने) शिबगञ्ज बजार र व्याङडाडा चौक रिङरोड सडकको हालै स्तरन्नोति गएिको छ । रिङरोड स्तरन्नोति उपभोक्ता समितिले व्याङडाडामा एक कार्यक्रमकावीच यथार्थ...

घर बनाउदै हुनुहुन्छ ? वास्तुविद् डा.माधवमङ्गल जोशी यसो भन्छन्: घर बनाउनु पुर्व यी कुरा ध्यान दिनुहोस !

प्राकृतिक ऊर्जा सन्तुलनसँग सम्बन्धित वास्तु विज्ञानको यस शृंखलामा यसअघि हामीले प्रकृतिक ऊर्जा तथा सोको सन्तुलन, जग्गाको मोहडा, प्रवेशमार्ग तथा प्रवेशद्वार आदिसँग सम्बन्धित विविध विषयमा चर्चा गरिसकेका छौं । यसै क्रममा यसपटक जग्गा वा प्लटको...

मिस टीन पूर्वाञ्चल प्रदेश १ को चौथो संस्करणमा २२ जनाको सहभागिता

बिर्तामोड, जेठ १३ | वीरता जेसीज बिर्तामोड र बिर्ता मिडिया एण्ड इन्टरटेन्मेन्टको संयुक्त आयोजनामा हुने मिस टीन पूर्वाञ्चल प्रदेश नं. १ चौथो संस्करणमा २२ जनाले सहभागिता जनाउने भएका छन् । प्रदेश नं. १ अन्तर्गत झापाको...

आगलागीमा सात लाख बराबरको क्षति

इलाम | इलामको सूर्योदयनगरपालिका स्थित पशुपतीनगरमा आज आगलागि हुँदा करिब सात लाख बराबरको क्षति भएको छ । सूर्योदय नगरपालिका तीन स्थित कमल खवासको घरमा आज विहान आगलागि हुँदा सो क्षति भएको हो घरभित्र बालेको मैन...

झापामा लिम्बु कलाकर्मीहरु संगठित

दमक,१३ जेठ /  झापामा लिम्बु कलाकर्मीहरु संगठित भएका छन् । किरात याक्थुङ चुम्लुङ झापाको विर्तामोडस्थित जिल्ला कार्यालयमा सम्पन्न कलाकर्मीहरुको भेलाले लिम्बु सांस्कृतिक जिल्ला परिषद गठन गरिएको हो । नवगठित समितिको अध्यक्षमा जेवि काम्बाङ,उपाध्यक्षमा सुवास योङयाङ,सचिवमा...

गणतन्त्र दिवसको विदा निरन्तरताको माग

विर्तामोड १३ जेठ | नेपाल प्रेस युनियन झापा शाखा र केन्द्रीय प्रतिनिधिको बैठकले शहिदहरुको बलिदान र नेपाली जनताको अदम्य साहससहितको संघर्षद्वारा स्थापित गणतन्त्र दिवसमा दिइदै आएको सार्वजनिक विदा कटौती गरेको प्रति गम्भीर असहमति प्रकट...

माइक्रोको ठक्करबाट चालकको मृत्यु

दमक,१२ जेठ /  झापाको कमल गाउँपालिकामा आज साँझ भएको सवारी दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ । कमल गाउँपालिका– ५ पाथीभरा शसस्त्र प्रहरीको बेस क्याम्प अगाडी भएको सवारी दुर्घटनामा परेर कमल गाँउपालिका –३ बस्ने...