चूडामणि शर्माविरुद्ध निस्कियो अर्को काण्ड, सुपारी काण्ड !

हाम्रो दमक

काठमाडौं १२ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निलम्बित सहसचिव चूडामणि शर्माविरुद्ध गैरकानुनी सम्पत्ति आर्जन अभियोगमा भ्रष्टाचार मुद्दा दायर गर्ने निर्णय गरेको छ । बिहीबारको आयोग बोर्ड बैठकले शर्माविरुद्ध ४ करोड ५० लाख रुपैयाँ बिगो मागदाबीसहित मुद्दा दायर गर्ने निर्णय गरेको हो ।

‘करिब साढे चार करोड रुपैयाँको बिगो मागदाबीसहित शर्मा र उनको परिवारका केही सदस्यलाई प्रतिवादी बनाइएको छ,’ अख्तियार उच्च स्रोतले कान्तिपुरसित भन्यो, ‘शर्माको आम्दानी र खर्चको अनुसन्धान हुँदा उनले गैरकानुनी रूपमा आर्जन गरेको भेटियो ।’ निर्णय अत्यन्त गोप्य राखिएकाले उनको कुल आम्दानी र खर्चको फेहरिस्त खुल्न सकेको छैन ।

स्रोतका अनुसार शर्माले आम्दानीको ठूलो हिस्सा पुस्तक लेखन र निजामती विद्यार्थीको तयारी कक्षा प्रशिक्षणको आम्दानी भनी दाबी गरेका छन् । उनले कतिपय आम्दानी आफन्त र व्यापारीका नाममा लुकाएको स्रोतले बतायो । बढीमा २/३ दिनभित्र विशेष अदालतमा मुद्दा दायर गर्ने गरी तयारी भइसकेको छ । यो मुद्दापछि शर्मा शृंखलाबद्ध रूपमा मुद्दा खेप्ने विवादास्पद अधिकारी बनेका छन् ।

आन्तरिक राजस्व विभागको महानिर्देशक रहँदा पक्राउ परी निलम्बनमा परेका शर्माविरुद्ध अख्तियारको यो दोस्रो भ्रष्टाचार मुद्दा हो । यसअघि गत साउन १ मा अख्तियारले शर्मासहित कर फर्स्योट आयोगका तत्कालीन अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेश ढकालविरुद्ध १० अर्ब २ करोड रुपैयाँ मागदाबीसहित भ्रष्टाचार मुद्दा दायर गरेको थियो । अभियोगपत्रमा हरेक पदाधिकारीमाथि ३ अर्ब ३४ करोड बिगो र बिगोको दोब्बर जरिवाना असुल्नुपर्ने मागदाबी गरिएको छ । तीन जनासँगको एकमुष्ट मागदाबी करिब ३० अर्ब ६ करोड रुपैयाँको हो । उक्त मुद्दा विशेष अदालतमा विचाराधीन छ ।

छ महिनापछि तयार भएको अर्को भ्रष्टाचार मुद्दा कुनै फाइल वा निर्णय विशेषमा भएको भ्रष्टाचारसँग सम्बन्धित होइन । राष्ट्रसेवक र सार्वजनिक पदमा रहेका व्यक्तिले वैध र स्रोत पुष्टि हुने आम्दानीको तुलनामा अस्वाभाविक रकम आर्जन गरेको देखिएमा गैरकानुनी आर्जन गरेको ठानी अख्तियारले अनुसन्धान गर्न सक्छ । यो मुद्दाको सुनुवाइका क्रममा शर्माले आफ्नो आर्जनको वैधता आफैं पुष्टि गर्नुपर्ने हुन्छ । त्यसो गर्न नसके उनीमाथिको अभियोग अदालतले सही ठहर्‍याउनेछ ।

गैरकानुनी सम्पत्ति आर्जनको छानबिनमा शर्माले आफ्नो विवरण बुझाउन आनाकानी गरे । केही दिन बयानमा आएका उनी पछि म्याद गुजारेर सम्पर्कविहीन भएका थिए । ‘लोकसेवाको परीक्षा दिने विद्यार्थीको संख्याभन्दा बढी लोकसेवाको गाइड बिकेको भनेर उनले विवरण देखाएका छन्,’ स्रोतले भन्यो । उनी लोकसेवाको परीक्षा नजिकिँदै गर्दा सञ्चालन हुने ‘कमान्डो क्लास’ मा पढाउन पुग्थे । सहयोगीहरूको समूह राखेर नै हरेक वर्ष लोकसेवाको गाइड तयार गर्ने शर्माका दर्जनौं पुस्तक प्रकाशित छन् । स्रोतले भन्यो, ‘शर्माले आफ्नो आर्जनलाई पुस्तक बिक्रीको आम्दानी भनी ज्यादा दाबी गरिरहेका छन् ।’

सुपारी काण्ड : तेस्रो मुद्दा तयार हुँदै

तेस्रो मुलुकबाट आयात गरी नेपाली उत्पादनका रूपमा ट्याग लगाई भारत निकासी हुने सुपारी प्रकरणमा समेत सहसचिव शर्मा मुछिएका छन् । सुपारी तस्करको संरक्षण गरेको भनी अख्तियारका तत्कालीन प्रमुख लोकमानसिंह कार्की बारम्बार विवादमा मुछिएका थिए । सोही प्रकरणमा विभागको महानिर्देशक भएका बेलामा शर्मासमेत मुछिएका हुन् ।

‘निकासी भएको सुपारीको रकम विदेशबाट भुक्तानी भएपछि मात्रै व्यापारीले कर दिनुपर्ने थियो, तर राजस्व पुनरावलोकन समितिका संयोजकसमेत रहेका शर्माले धमाधम कर फिर्ता गरेको भेटियो,’ स्रोतले कान्तिपुरसित भन्यो, ‘यो विषयमा समेत जारी रहेको अनुसन्धान केही सातामै निष्कर्षमा पुग्नेछ । यसमा समेत शर्मालाई प्रतिवादी बनाइनेछ ।’ अनुसन्धानकै क्रममा रहेकाले उक्त अनियमितताको बिगो रकम निर्धारण हुन बाँकी छ ।

नेपालमा हुने उत्पादनको तुलनामा ज्यादा सुपारी निकासी भएपछि नेपाल र भारतबीचको व्यापार वार्तामा समेत सुपारीको मुद्दा उठान हुँदै आएको थियो । भन्सार प्रशासनका कर्मचारीहरू बारम्बार विवादमा मुछिँदा लोकमानसिंह कार्की समेत त्यसबाट अछुतो थिएनन् । विराटनगर भ्रमणका क्रममा उनीमाथि प्रश्न सोध्दा पत्रकार सम्मेलनस्थलमै पत्रकारमाथि दुव्र्यवहार भएको थियो । ‘चूडामणिले लोकमानकै संरक्षणमा जथाभावी काम गर्दै आएको विषय कतै लुकेको छैन,’ स्रोतले भन्यो, ‘यो प्रकरणसमेत त्यसैको परिणाम हुन सक्छ । कान्तिपुरबाट

शुक्र, माघ १२, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

प्रमुख खबर बाट अन्य

दुई दिने एडभान्स प्लम्बर तालिम बिर्तामोडमा सम्पन्न

बिर्तामोड । झापाका प्लम्बरलाई थप दक्ष र सक्षम बनाउन एडभान्स प्लम्बर तालिम दिइएको छ । पञ्चकन्या ग्रुप अन्र्तगत पञ्चकन्या प्लास्टिक डिभिजनको आयोजनामा भएको एडभान्स तालिममा प्लम्बरको कार्यविधि, बाथरुम, किचनलगायत स्थानमा उत्पन्न विभिन्न कठिनाईहरुको उचित...

जनप्रतिनिधिले धनकुटामा तिरिदिए विद्यालयको ऋण

धनकुटा नगरपालिका वडा नम्बर तिनका बडाध्यक्ष बिकास घिमिरेले अहिले सम्म आफु प्राप्तगर्ने सरकारी सेवा सुबिधावाट स्थानीय एक बिद्यालयको ऋण तिरिदिनु भएको छ । घिमिरेले ज्वालादेबी अधारभुत बिद्यालय ब्यबस्थापन गर्दा लागेको तिन लाख १८ हजार रुपैया...

रतुवामाईको सौठामा अस्पताल बन्ने

मोरङको रतुवामाई नगरपालिका वडा नम्वर ६ सौठामा विपी नेत्र प्रतिष्ठान नाक, कान, घाटि, आँखा अस्पतालको भवन शिलान्यास गरिएको छ । विपी नेत्र प्रतिष्ठान भक्तपुरले रतुवामाई नगरपालिकाको सौठामा निर्माण गर्ने अस्पताल भवनको बुधबार एक कार्यक्रमका विच...

रतुवामाई नगरपालिका स्थित वडा नं ७ सिजुवा बजार बाट वडा नं ७ को कादुपाडा जोडने ३ किलोमिटर सडक कालोपत्रे हुने भएको छ । सो सडकको बिहिबार नगर प्रमुख रबिन राई, उप प्रमुख दयन्त देवी चुडालले...

विप्लव माओवादीद्धारा झापा बन्द फिर्ता

बिर्तामोड,९ जेठ । नेपाल कम्युनिस्ट पार्टीले भोलि शुक्रवारका लागि आह्वान गरेको झापा बन्द फिर्ता लिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली झापा नआउने भएसंगै विप्लव माओवादीले बन्द फिर्ता लिएको हो । पार्टीमाथि लगाईएको प्रतिबन्ध,...

रतुवामाईको सौठामा अस्पताल निर्माण हुने

९ जेठ–मोरङको रतुवामाई नगरपालिका वडा नम्वर ६ सौठामा विपी नेत्र प्रतिष्ठान नाक, कान, घाटि, आँखा अस्पतालको भवन शिलान्यास गरिएको छ । विपी नेत्र प्रतिष्ठान भक्तपुरले रतुवामाई नगरपालिकाको सौठामा निर्माण गर्ने अस्पताल भवनको आज एक कार्यक्रमका...

भोलि शुक्रबार झापा बन्दको आह्वान

बिर्तामोड,९ जेठ ।नेपाल कम्युनिष्ट पार्टीले भोलि शुक्रवार झापा बन्दको घोषणा गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओली जिल्ला आउने कार्यक्रम तय भएपछि पार्टीमाथि लगाईएको प्रतिबन्ध, गिरफ्तारी र धरपकडका बिरुद्ध नेकपा झापाले जिल्ला बन्दको घोषणा...

पाडाजुंगीलाई व्यवस्थित गरिदै

दमक,९ जेठ । कमल गाँउपालिका ५ को पाडाजुंगी चौंकलाई व्यवस्थित बनाउन थालिएको छ । वडा कार्यालयले गाँउपालिकाकै नमुना वार्डका रुपमा विकास गर्ने उद्देश्यले वडाको मुख्य क्षेत्र पाडाजुंगी चौंकलाई व्यवस्थित बनाउन थालिएको वडाध्यक्ष डम्बरवहादुर निरौलाले...

पाँचथर हत्याकाण्डमा ज्यान गुमाएका ९ जनाको अन्त्येष्टि गरिँदै

बिर्तामोड । मिक्लाजुङ गाउँपालिका–३, आरुबोटेमा सोमबार राति भएको विभत्स हत्याकाण्डमा ज्यान गुमाएका ९ जनाको अन्त्येष्टि अहिले केहिबेरमा गरिँदै छ ।हत्या गरिएका ९ जना र घटनास्थल नजिकै झुण्डिएर आत्महत्या गरेका भनिएका मानबहादुर माखिमको शव धरानमा...

अर्जुनधारा धाममा निःशुल्क रात्रीकालीन भोजन खान पाईने

बिर्तामोड। पूर्वको पशुपति नाथले परिचत अर्जुनधारा जलेश्वरधामले तीर्थयात्री र दीनदुःखीहरुका लागि रात्रीकालीन निःशुल्क भोजन सुरु गरेको छ । धामद्वारा स्थापित अन्नदान अक्षयकोषबाट जलेश्वरधामले रात्रीकालीन भोजन सुरु गरेको धाम समितिका कोषाध्यक्ष मोहन जोशीले बताए । उनले...