दुग्ध विकास संस्थानमा अढाइ करोड घोटाला

हाम्रो दमक

काठमाडौं १२ माघ । दुग्ध विकास संस्थानका कर्मचारीले पछिल्ला तीन वर्षमा २ करोड ४९ लाख ४२ हजार ३ सय ७८ रुपैयाँ घोटाला गरेका छन् । संस्थान सञ्चालक समितिले गरेको अध्ययनअनुसार तीन वर्षयता संस्थानका विभिन्न कार्यालयमा रहेका कर्मचारीले राजस्व भुक्तानी, जिन्सी सामग्री बिक्री, पेस्कीलगायतका शीर्षकबाट संस्थानलाई नोक्सानी पुर्‍याउने गरी घोटाला गरेको देखिएको हो ।

घोटाला भएको रकम उठाउन अहिले सञ्चालक समिति सक्रिय भएको छ । संस्थानलाई नोक्सानी पुर्‍याउने कर्मचारीले आफ्नो जिम्मामा रहेको रकम नतिरेपछि उठाउन लागिएको सञ्चालक समितिका सदस्य डा. विशाल बास्तोलाले बताए । ‘पटक–पटक व्यवस्थापनलाई कर्मचारीको दायित्वमा रहेको रकम उठाएर संस्थानको खातामा दाखिला गर्न निर्देशन दिए पनि अटेर गर्ने काम भयो,’ उनले भने, ‘त्यसैले रकम नउठे कारबाही गर्ने निर्णय गरेका छौँ ।’

मंगलबार बसेको सञ्चालक समिति बैठकले सात दिनभित्र कर्मचारीबाट उठाउनुपर्ने रकम भरपाई गरी दाखिला गर्न व्यवस्थापनलाई निर्देशन दिएको छ । आफ्नो भागमा रहेको तिर्नुपर्ने रकम भुक्तानी नगर्ने कर्मचारीको बढुवा र ग्रेड रोक्का गर्न सम्बन्धित आयोजना प्रमुखलाई निर्देशन दिइएको छ । आयोजना प्रमुखले अटेर गरे महाप्रबन्धकले आयोजना प्रमुखकै ग्रेड रोक्काको कारबाही गर्न निर्देशन दिएको छ ।

संस्थान महाप्रबन्धक गंगा तिमिल्सिनाले दूध संकलन, ढुवानी र स्टोर गर्नेक्रममा हुने क्षतिलाई कर्मचारीको दायित्वमा राखेर हिसाब गर्ने गरेको र त्यसलाई घोटाला भन्न नहुने दाबी गरे । ‘चिलिङ भ्याटदेखि स्टोरसम्मको काम हुँदा क्षति हुन्छ, कतिपय कर्मचारीले पेस्की लिएका हुन्छन्,’ उनले भने, ‘त्यसलाई कर्मचारीको मासिक तलबबाट कट्टा गर्दै बिस्तारै संकलन गर्ने नीति लिएका छौँ ।’ यसपटक सञ्चालक समितिले एकमुस्ट रकम उठाउने निर्णय गरेको र त्यसलाई कार्यान्वयन गर्न सुरु गरेको उनले बताए ।

रकम उठ्न थाल्यो

संस्थानलाई तिर्नुपर्ने रकम नदिन खोज्ने कर्मचारीले सञ्चालक समितिको कारबाहीसहितको निर्णय पाएपछि धमाधम आफ्नो भागमा रहेको रकम बुझाउन थालेका छन् । मंगलबार सञ्चालक समितिले निर्णय गरेपछि बुधबार करिब २० लाख रुपैयाँ दाखिला भएको छ । ‘बिहीबारसम्म विभिन्न आयोजनाका कर्मचारीले करिब ५० लाख रुपैयाँ दाखिला गरिसकेका छन्,’ स्रोतले भन्यो । तोकिएको मितिभित्र सबै रकम उठिसक्ने अपेक्षा राखिएको स्रोतको भनाइ छ ।

यसरी हुन्छ घोटाला

धेरै कर्मचारीले दूध, दही, घिउ, पनिरलगायत बिक्रीबाट जम्मा गर्नुपर्ने राजस्वबापतको रकम दाखिला गरेका छैनन् । त्यस्तै उत्पादन केन्द्रबाट गोदाममा सामान राख्दा हिनामिना गरिएको छ । ‘उत्पादन केन्द्रमा जम्मा भएको सामान गोदामसम्म पुर्‍याउँदा अपुग देखिएको छ,’ स्रोतले भन्यो, ‘यसरी जिन्सी सामान नै कर्मचारीले अपचलन गरेका छन् ।’ हेटौँडा दुग्ध विकास आयोजनाका कर्मचारीले दुग्ध पदार्थ संकलन गरी गोदामसम्म पुर्‍याउँदा कम परिमाण देखाएर नोक्सानी पुर्‍याएका छन् । धेरैले पेस्की लगेका छन्, तर फस्र्योट गराएका छैनन् । नेपालगन्ज दुग्ध वितरण आयोजनाका अर्जुन पन्थीले साढे १० लाख रुपैयाँ कार्यालय कामका लागि पेस्की लगेको विवरण टिपाएका छन्, तर फस्र्योट भएको छैन । केही कर्मचारीले सवारी दुर्घटनामा परी उपचारका लागि लिएको लाखौँ पेस्की फस्र्योट गरेका छैनन् ।

यी कर्मचारीले घोटाला गरे

०७४ असार मसान्तसम्म काठमाडौं दुग्ध वितरण आयोजनाका भरतबहादुर क्षत्री, राजु न्यौपाने, जगनरावत थारू, धर्मराज अर्याल, प्रदीपकुमार थापा, देवानसिंह दनुवार, छविलाल आले, रामचन्द्र मण्डल, उपेन्द्रसिंह दनुवार र रमेशचन्द्र ओझाले ७६ लाख ९६ हजार ७ सय ७६ रुपैयाँ घोटाला गरेका छन् ।

०७३ चैत मसान्तसम्म विराटनगर दुग्ध वितरण आयोजनाका कृष्णराज पोख्रेल, शैलेन्द्रकुमार देव, दिनेश यादव, महेन्द्र भट्टराई, रामबाबुप्रसाद यादव, शुभनारायण यादव, नन्दकुमार कोइराला, गोपालबहादुर खड्का, खगेन्द्रराज शंसी, किशोरकुमार श्रेष्ठ र शिवप्रसाद राजवंशीले कुल २६ लाख ६७ हजार ६ सय ७२ रुपैयाँ हिनामिना गरेका थिए ।

०७३ फागुन मसान्तसम्म जनकपुर दुग्ध वितरण आयोजनाका सुखराम मण्डल, विनोदकुमार थापा, राजकिशोर यादव, हस्तबहादुर घलान, रामानन्द सिंह, विनोदकुमार थापा, श्याम यादव, रामउदित कापर, हरिदेव यादव र कमलेस यादवले कुल २५ लाख ३७ हजार ६७ रुपैयाँ घोटाला गरेका छन् ।

०७४ वैशाख मसान्तसम्म हेटौँडा दुग्ध वितरण आयोजनाका रामनारायण प्रधान, गोपालप्रसाद घिमिरे, रविन्द कुमार, रामएकवाल राय, जयबहादुर गोले, गगनदेव साह र बच्चु महराले कुल १९ लाख ९१ हजार ४ सय ५६ रुपैयाँ ५८ पैसा घोटाला गरेका छन् ।

०७४ वैशाख मसान्तसम्म नेपालगन्ज दुग्ध वितरण आयोजनाका कैलाश कुँवर, रनेन्द्र अधिकारी र अर्जुन पन्थीले कुल १२ लाख १४ हजार २ सय २५ रुपैयाँ २६ पैसा घोटाला गरेका छन् ।

०७४ वैशाख मसान्तसम्म पशु आहारा उत्पादन कारखानाका दिलीप कार्कीले कुल १ लाख ६८ हजार ५ सय ९० रुपैयाँ घोटाला गरेका छन् । सबैभन्दा बढी बालकृष्ण भण्डारी, बुढाथोकी कोल्ड स्टोर (शम्भु), तेजनाथ ढकाल, नेजनाथ ढकाल, सुभाष राई, बुसबहादुर भुजेल, प्रेमप्रसाद पराजुली, विनोद शर्मा र गोविन्दबहादुर गुरुङले कुल ८६ लाख ६६ हजार ५ सय ९८ रुपैयाँ घोटाला गरेका छन् । यी कर्मचारीले अहिले धमाधम आफ्नो भागमा दायित्वबापत रहेको रकम दिन थालेका छन् । नयाँपत्रिकाबाट

शुक्र, माघ १२, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

पत्रपत्रिकाबाट बाट अन्य

विद्युत प्राधिकरण नेतृत्वको मिलेमतोमा १० अर्ब रुपैयाँ घोटाला

काठमाण्डौ । नेपाल विद्युत प्राधिकरण नेतृत्वको मिलेमतोमा राज्यलाई तिर्नुपर्ने १० अर्ब रुपैयाँ घोटाला भएको छ । नेपालका गन्यमान्य उद्योगी व्यावसायीले सञ्चालन गरेका विभिन्न १० उद्योगले तिर्नुपर्ने अर्बौ रकम नतिरेपछि राज्यकोषमा जम्मा हुनुपर्ने १० अर्ब...

भेटियो ३३ किलो सुन, के त्यो सुन चर्चित ‘गोरे’ काण्ड कै हो त !

काठमाडौं | सुन तस्कर चुडामणि उप्रेती ‘गोरे’को समूहले गत माघमा त्रिभुवन अन्तरष्ट्रिय विमानस्थलबाट पास गराएपछि हराएको भनिएको ३३ किलो सुन भारतको कलकत्तामा फेला परेको छ । दुईजना नेपाली नागरिकबाट ३३ किलो सुन भारतमा भेटिएको पुष्टि...

प्रधानन्यायाधीशमा फेरि यसअघि अस्वीकृत दीपकराज जोशी सिफारिस !

काठमाडाैं | संसदीय सुनुवाइ समितिले यसअघि अस्वीकृत गरेका दीपकराज जोशीको नाम न्यायपरिषद्ले पुनः प्रधानन्यायाधीशका लागि संवैधानिक परिषद्मा सिफारिस गरेको छ । न्यायपरिषद्ले जोशीसँगै न्यायाधीश चोलेन्द्रशमशेर जबराको नाम पनि सिफारिस गरेको हो । ‘प्रधानन्यायाधीशका लागि स्थायी न्यायाधीश भई...

नयाँ सम्झौताकाे १ महिनामै मलेसियाले भन्यो- ‘कामदार पुरानै संयन्त्रबाट!’

काठमाडाैँ । श्रमसम्बन्धी नयाँ सम्झौता गरेको एक महिनापछि आएर मलेसियाले पुरानै संयन्त्रबाट कामदार पठाउन नेपाल सरकारलाई पत्राचार गरेको छ । कलिङ भिसा पाएर श्रमस्वीकृति लिएका झन्डै १० हजार कामदार ६ महिनादेखि अलपत्र रहेको अवस्थामा मलेसियाले...

अझै खुलेन लाइसेन्सको अनलाइन आवेदन

काठमाडौँ । सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को नयाँ आवेदन आइतबार पनि सेवाग्राहीले भर्न पाएनन् । शुक्रबार खुला गरिएको केही छिनमै विभागको सरबर डाउन भई सफ्टवेयरले काम नगरेपछि देशभरका अनलाइन फारामको आवेदन आइतबार पनि अवरुद्ध भएको...

प्रधानसेनापति पूर्णचन्द्र थापाविरुद्ध सर्वोच्च अदालतमा मुद्दा !

काठमाडौं, ९ मंसिर । नेपाली सेनाको रथी बढुवामा फेरि राजनीतिले चरम रुप लिएको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाविरुद्ध सेनामा तेस्रो बरियतामा रहेका उपरथीले रक्षा मन्त्रालयमा उजुरी गरेका छन् । बढूवा रोकेर अवकाश दिन लागेको...

नेपाल प्रहरीको पनि समायोजन गर्ने यस्तो तयारी

काठमाडौँ। सरकारले कर्मचारीसँगै प्रदेशमा प्रहरी समायोजनको तयारी गरेको छ । अध्यादेशबाटै प्रहरी समायोजन ऐन ल्याउने गृहकार्य सुरु भएको छ । प्रहरी समायोजन र प्रहरी सञ्चालन तथा समन्वय ऐन अध्यादेशमार्फत ल्याउन लागिएको गृह मन्त्रालयले जनाएको छ...

पुर्वराजाका अतिगोप्य ९ वटा कक्ष सर्वसाधारणका लागि खुल्दै !

काठमाडौं। पुर्वराजा ज्ञानेन्द्र र स्वर्गीय राजा वीरेन्द्र कार्यालय समयपछि विशेष परिस्थितमा राजनीतिक र कुटनीतिक भेटघाटका लागि निजी कार्यालयका रुपमा प्रयोग गर्दै आएको नारायाणहिटी संग्रालय अन्र्तगत गणेश हिमालतर्फका ९ वटा कक्ष खुल्ने भएको छ । लामो...

मन्त्रिपरिषद्का निर्णय गुपचुप राख्न प्रधानमन्त्रीको आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद्का निर्णय सार्वजनिक नगर्न मन्त्रीहरुलाई पुनः सचेत गराएका छन् । गत आइतबारको मन्त्रिपरिषद् बैठकका निर्णय गोप्य राख्ने भनिए पनि केही मन्त्रीले सार्वजनिक गरेपछि बिहीबारको बैठकमा ओलीले थप सचेत गराएका हुन्...

गुटगत स्वार्थका कारण विघटनको संघारमा नेविसंघ

काठमाडौं । माउ पार्टी नेपाली कांग्रेसका शीर्ष नेताहरुको गुटगत स्वार्थका कारण नेपाल विद्यार्थी संघको १२ औँ महाधिवेशन अन्योलमा परेको छ । पार्टी सभापति शेरबहादुर देउवा र असन्तुष्ट पक्ष संघको नेतृत्व आफ्नो अनुकुल बनाउन सक्रिय रहँदा संघको...