पुरूषले किन पाल्छन् दाह्री-जुंगा, यस्तो छ कारण !

हाम्रो दमक

सृजना घिमिरे । सामान्यतया अधिकांश पुरुषहरुमा दाह्री–जुंगा पाल्ने चलन व्याप्त हुन्छ । अहिले त आम युवाले फेसनकै रुपमा पनि दाह्री–जुंगा पाल्न थालेका छन् । केही युवाको समूहले ‘दाह्री ग्याङ’ भनेर समूह नै पनि बनाएका छन् ।

यो समूहसँग दाह्री–जुंगा पालेका युवा वर्ग आबद्ध छन् । यसरी अधिकांश पुरुषले पाल्न रुचाउने जुंगा–दाह्रीको केही वैज्ञानिक उपयोगिता पनि छन् । जुन तपाईंलाई थाहा नहुन सक्छ । जुंगा–दाह्री पाल्ने चलनको सुरुवात बारे पनि वेग्लै इतिहास छ ।

सन् १९९९ मा दक्षिण अष्ट्रेलियाको एडिलेड शहरमा ८० जना युवाको समूहले एउटा सोच बनायो । अलिअलि चिसो बढेको समय, नोभेम्बर महिना । ती युवाले नोभेम्बर महिनाभर जुंगा नकाट्ने बरु त्यो जुंगा काट्ने पैसाले एउटा च्यारिटीको स्थापना गर्ने निर्णय गरे ।

अंग्रेजीमा ‘मोस्ताच’ भनिने जुंगा र नोभेम्बर महिनाको ‘भेम्बर’ शब्दलाई मर्ज जरेर ती युवाले एउटा शब्द बनाए ‘मोभेम्बर’ । मोभेम्बर अर्थात् नोभेम्बर महिनामा पुरुषहरुको स्वास्थ्य समस्याबारे जागरुक बनाउने र जनचेतना फैलाउने एउटा बार्षिक अभियान । यस अवधिमा युवाहरु आफ्नो जुंगा नकाट्ने निर्णय गरे ।

त्यो अवधिमा बरु उनीहरुले विभिन्न शैलीमा जुंगा पाल्न थाले । साथै, प्रोष्टेट क्यान्सर, टेस्टिकुलर क्यान्सर, डिप्रेशन र आत्महत्या जस्ता मृत्युका कारकहरुबाट कसरी बच्न सकिन्छ लगायतका विषयहरुमा जनचेतना मुलक कार्यक्रमहरु आयोजना गर्न थाले ।

सन् २००३ मा अष्ट्रेलियाको मेलबर्नमा आदम गेरोन, ट्रेविस गेरोन, ल्यूक स्लीट्टरी र जस्टिन कोघलेन लगायतका युवाको सहभागितामा मोभेम्बर फाउण्डेसनको पनि स्थापना भयो । र, सन् २००६ मा आधिकारिक रुपमा दर्ता भयो । उक्त फाउण्डेसन स्थापनाको मुख्य उद्देश्य भनेकै पुरुषको स्वास्थ्यलाई कसरी राम्रो बनाउन सकिन्छ भन्ने रहेको छ ।

मोभेम्बर फाउन्डेसनले युवालाई वंषाणुगत रुपमा लाग्न सक्ने क्यान्सरबाट बच्न स्वस्थ जीवनशैली अपनाउन पनि सचेत गर्ने गर्छ ।

सन् २००४ देखि यो फाउन्डेसनले युवाको स्वास्थ्यसँग सम्बन्धित विषयमा केन्द्रीत रहेर अष्ट्रेलिया र न्यूजील्याण्डमा विभिन्न चेतनामूलक कार्यक्रम गर्दै आएको छ ।

सन् २००७ मा त्यो कार्यक्रमलाई आयरल्याण्ड, क्यानडा, डेनमार्क, स्पेन, यूके, इजरायल, साउथ अफ्रिका, ताइवान र अमेरिकामा पनि विस्तार गरियो । सन् २०११ सम्म आइपुग्दा क्यानेडाका युवाहरुले मोभेम्बर च्यारिटीमा सबैभन्दा बढी योगदान पुर्याए ।

सन् २०१२ मा मोभेम्बर विश्वकै शीर्ष एक सय गैर सरकारी संस्थाहरु मध्येमा पर्यो । सञ्चारमाध्यमहरुले मोभेम्बरको बारेमा समाचारहरु पनि प्रकाशन÷प्रशारण गर्न थाले । त्यसयता ८० जनाबाट सुरु भएको उक्त अभियान अन्तर्राष्ट्रिय रुपमै फैलिएको छ ।

यस बाहेक पुरूषकाे पुरूषाेत्व र सुन्दरतामा पनि दाह्री जुंगाले बल पुर्याएकाे अाभाष गर्छन् । जसले गर्दा उनीहरूमा अात्म विश्वास र अात्मविश्वास बढेर गएकाे मान्दछन् ।

यससंगै पुरूषहरू विभिन्न सभा समाराेह या सार्वजनिक स्थानमा अाफूलाइ प्रस्तुत गर्दा गाैरव महशुस गर्छन् । व्यक्तित्व विकाससंगसंगै, मितबेयी बनाउन पनि यसले सहयाेग पुर्याएकाे देखिन्छ ।

तर मोभेम्बरका विषयमा अझैपनि पुरुषवर्गमा जानकारी प्रभावकारी रुपले जान सकेको छैन । यसको उपादेयता कसरि लिने भनी व्यापकरुपमा प्रचार प्रसार हुन आवश्यक देखिन्छ ।

शनि, कार्तिक २५, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

रोचक खबर बाट अन्य

मिस नेपालको झापामा पनि अडिशन

विर्तामोड, ३ चैत । मिस नेपाल २०१९ को झापा अडिसन आगामी मंगलबार झापाको बिर्तामोडमा हुने भएको छ । द हिडेन ट्रेजरले गर्दे आएको प्रतियोगिताको यो २५ औं संस्करण हो । झापाको बिर्तामोड स्थित होटल...

चैत १ गतेदेखि ‘पुरानो बुलेट ’

दमक ,२१ फागुन । नेपाली कथानक चलचित्र ‘पुरानो बुलेट ’ आगामी चैत्र १ गतेबाट देशभरका १ सय बढि हलहरुमा एकै साथ रिलिज हुने भएको छ । चलचित्रको निर्माण युनिटले आज दमकमा पत्रकार सम्मेलन गरि जानकारी...

सत्यम शिवम सुन्दरमको छायाङकन शुरु

दमक,१३ फागुन । दमकका युवा शैक्षिक व्यवसायी धनराज सुब्बाको लगानीमा निर्माण हुने नेपाली कथानक चलचित्र सत्यम शिवम सुन्दरम को सोमबारदेखि यहाँ छायाङकन शुरु भएको छ । चलचित्र युनिटले सोमबार दमकमा पत्रकार सम्मेलन गर्दै चलचित्र दमकबाट...

‘फस्ट लभ’ सार्वजनिक

पथरी ।भ्यू टावर यूवट्यू च्यानलमा ‘फस्ट लभ’ सार्वजनिक गरिएको छ । शनिवार राति नेपाली लभ स्टोरी सर्ट मुभि ‘फस्ट लभ’ सार्वजनिक गरिएको हो । ८ मिनेट ३६ सेकन्डको कथालाई फिपराज बेघाले लेखन तथा निर्देशन...

तिम्रो मनलाई बुझ्न सकिन भन्दै रनकले आफैलाई बेचे बाटोमा…, भिडियो

पछिल्लो समयका उदाउदा युवा गायक रनक बस्नेतले तिम्रो मनलाई… बोलको गित लिएर बजारमा आएका छन् । शौरव भट्टराईको शब्द संगीतमा तयार भएको गीतमा बस्नेतको आवाज रहेको छ । गान्धीव सुबेदी, कृपा राजभण्डारी र बस्नेत आफैले अभिनय गरेको...

झापामा माछा खोज्दा अजिङ्गर फेला

झापा,२५ माघ । झापाको अर्जुनधारा नगरपालिका– ४ मा माछा मार्ने क्रममा दुर्लभ अजिङ्गर भेटिएको छ । डिभिजन वन कार्यालयका प्रमुख विष्णुलाल घिमिरेका अनुसार बिहीबार स्थानीयवासीले खोल्सीमा माछा मार्ने क्रममा अजिङ्गर फेला पारेका हुन् ।...

छोटो समयमानै उत्कृष्ट चित्रकारको सज्ञा पाइन् शर्माले

बिर्तामोड । आठ महिना अघि देखि मात्र व्यावसायिक रुपमा स्केच बनाउन थालेकी आशा शर्माले करिअरको छोटो समयमानै उत्कृष्ट चित्रकारको सज्ञा पाइसकेकी छिन् । उनी विहानदेखि बेलुकासम्मै स्केच व्यस्त हुन्छिन् । उनी हुन् काठमाडौ १६...

गायक सबिन लिम्बुको “मन मिलेपछि” सार्वजनिक (भिडियो सहित)

माघ ६, काठमाडौं । चलचित्र गायनमा ब्यस्त प्रतिभाशाली गायक सबिन लिम्बुको नयाँ गीत ‘मन मिलेपछि’  बोलको नयाँ गीतको भिडियो सहित लेटेस्ट नेपालको युट्युव च्यानल मार्फत सार्वजनिक भएको छ ।   नेपालको कुलेखानी लगायत विभिन्न मनमोहक स्थानमा...

पोखरेलको ‘कति राम्री’ [भिडियो सहित]

विदेशमा रही नेपाली गीत संगीतलाई माया गर्ने कलाकार हुन इश्वोर पोखरेल, जसले अस्ट्रेलियामा रहेर पनि बेला बेलामा नेपाली गीतमा आफ्नो स्वर दिएर नेपाली सांगीतिक दुनियामा आफ्नो अलग पहिचान बनाउदै आएका छन्। भर्खरै उनले एक नारायण...

‘तिम्रो माया’ भन्दै बिनाको पछि मधु लागे पछि

बिर्तामोड । नेपाली गीत संगीतमा अहिले निकै चर्चामा रहेका गायक, संगीतकार तथा गीतकार ताराबिर पाण्डेको स्वर सजिएको ‘तिम्रो माया’ गीतको भिडियो सार्वजनिक भएको छ । भिडियोमा चर्चित गायक तथा संगीतकार तराबिर पाण्डेको स्वर, देवी चरण...