बाँदरको सेल्फीले यसरी मच्चायो हंगामा ।

यद्यपि स्लेटरले कति रकम संस्थालाई दान गर्नेछन् भन्ने स्पष्ट भएको छैन।

हाम्रो दमक

एजेन्सी । सन् २०११ मा इण्डोनेसियाको एउटा ६ वर्षीय बाँदरले एक व्यक्तिले ट्राइपडमा राखेको क्यामेराको लेन्समा अनुहार पुर्‍याएर बटन थिच्यो। क्यामेरामा बाँदरको ङिच्च हाँसेको सेल्फी कैद हुन पुगेको थियो।

त्यो फोटो इन्टरनेटमा छ्याप्छ्याप्ती भएपछि नारुतो नामक सो लंगुर सेलिब्रेटी बन्यो। तर त्यही सेल्फी कसको भन्ने विषयमा कानुनी लडाइँ सुरु हुन पुग्यो। जनावरअधिकारवादीहरुको एउटा समूहले त्यो सेल्फीको मालिक नारुतो हुनुपर्ने दाबी गर्‍यो भने क्यामराधनी व्यक्तिले आफू फोटोको हकदार भएको दाबी गरे।

२०१६ मा क्यालिफोर्नियाको संघीय अदालतले सेल्फी क्यामेरा मालिकको भएको फैसला गर्‍यो। तर कानुनी लडाइँ टुंगिएको थिएन।

गत सोमबार विपक्षीबीच मिलापत्र भएपछि अदालतले मुद्दा खारेज गर्ने भएको छ।

क्यामेराधनी बेलायती फोटोग्राफर डेविड जे स्लेटरले फोटोबाट अब हुने कमाइको २५ प्रतिशत रकम नारुतोको हेरचाह गर्ने संस्थालाई दान गर्ने भएपछि सो मिलापत्र सम्भव भएको हो।

नारुतो इण्डोनेसियाको सुलावेसी टापुस्थित तांगकोको संरक्षण क्षेत्रमा बस्दछ।पिपुल्स फर द एथिकल ट्रिटमेन्ट अफ एनिमल (पेटा) ले नारुतोको पक्षबाट मुद्दा लडेको थियो। यद्यपि स्लेटरले कति रकम संस्थालाई दान गर्नेछन् भन्ने स्पष्ट भएको छैन।

अमेरिकी कानुनअनुसार फोटोको कपीराइट फोटो खिच्ने व्यक्तिको हुने गर्दछ। त्यसैले बाँदरले फोटो लिएको हुनाले त्यसको कपीराइट पनि बाँदरकै हुने पेटाले तर्क गरेको थियो। तर जनवरी २०१६ मा कपिराइट कानुनमा जनावरहरुलाई सामेल नगरिएको बताउँदै नारुतोको विपक्षमा अदालतले फैसला दिएको थियो।

मङ्ल, भदौ २७, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

रोचक खबर बाट अन्य

दमकमा भेटिए ३६ इन्चि लामो टुप्पि भएका एक व्यक्ति, फोटो फिचर सहित

दमक | झापा दमक २ स्थित भालुकुडीका एक ब्यक्तिको टुप्पि अन्य मानिसको भन्दा अस्वभाविक भएको पाइएको छ । दमक २ भालुकुडी ५२ वर्षीया जिवनाथ प्याकुरेलको टुप्पि अन्य मानिसको भन्दा निकै लामो पाइएको हो । प्याकुरेलको...

परम्परागत मान्यताका पछाडि लुकेका छन् रहस्य

बिर्तामोड । ‘राती कुचो लगाउनु हुन्न है ।’ बाबुबाजेले यसरी सर्तक गराउँदा हामी ठान्छौं, बुढाको आडम्बरी कुरा । उहाँहरु सर्तक गराउनुहुन्छ, ‘फुटेको ऐना हेर्नु हुँदैन ।’ हामी यस्ता भनाईमा ढोंग वा अन्धविश्वास देख्छौं ।...

सुनसरीमा दुई मुख तिन आँखा भएको बाच्छी जन्मिएपछि हेर्न आउनेको भिण

सुनसरी | सुनसरीको धरान १४ स्थित स्थानीय किसान इन्द्र कटुवालले पालेको गाइले करिब तिन साता अघि जन्माएको अनौठा बाच्छी हेर्न आउनेको भिड लाग्न थालेको छ । कटुवालको गोठमा रहेको गाइले आफनो बेतमा टाउको एउटै, दुई...

हेरौ संसारका उत्कृष्ट १० सेक्स पर्यटन बजार ।

सेक्स मानव जिवनको एक अपरिहार्य प्राकृतिक प्रक्रिया हो । सेक्स भन्ने बिक्तिकै मानिसमा एउटा नयाँ तरंग पैदा हुन्छ । पछिल्लो समय सेक्सले नयाँ मोड लिईरहेको पाईन्छ । अहिले विश्वमा सेक्सलाई सामान्य रुपले हेर्न थालिएको...

यस्तो गाउँ, जहाँ कपडा लगाउन पाइँदैन, पाहुना समेत नांगै बस्नुपर्छ

एजेन्सी / विश्वमा देश गुनाका संस्कार, परम्परा तथा रहनसहन विद्यमान छन् । धेरैका लागि उनीहरुको पहिरन तथा पोषाक नै पहिचान बन्ने गरेको छ । तर यही दुनियामा एउटा यस्तो गाउँ छ, जहाँका मानिसले कपडा नै लगाउँदैनन्...

पुरूषले किन पाल्छन् दाह्री-जुंगा, यस्तो छ कारण !

सृजना घिमिरे । सामान्यतया अधिकांश पुरुषहरुमा दाह्री–जुंगा पाल्ने चलन व्याप्त हुन्छ । अहिले त आम युवाले फेसनकै रुपमा पनि दाह्री–जुंगा पाल्न थालेका छन् । केही युवाको समूहले ‘दाह्री ग्याङ’ भनेर समूह नै पनि बनाएका छन्...

नाङ्गै बसेर आनन्द लिने यस्तो पार्क !

पेरिस | फ्रान्सको राजधानी पेरिसमा पहिलोपटक नाङ्गै बसेर आनन्द लिन चाहने प्रकृतीप्रेमीहरुका लागि ‘न्यूडिस्ट पार्क’ खुल्ला गरिएको छ । पेरिसको चरा संरक्षण केन्द्र नजिकै रहेको ‘बोइस डी विन्सेनस पार्क’भित्र निर्माण गरिएको उक्त ‘न्यूडिस्ट पार्क’ सेप्टेम्बर...

सुनसरीमा कपाल आतङ्कले तनाव, भ्रामक हल्लाको पछि नलाग्न प्रशासनको आग्रह

इनरुवा । अविरल परेको पानी र बाढीले त्रसित भएका सुनसरीका दक्षिणवर्ती क्षेत्रका स्थानियहरु फेरी भ्रामक हल्लाका कारण केही दिन देखी त्रासमा छन । सुनसरी सदरमुकाम इनरुवासहित आसपास र दक्षिणी भेगमा यतिवेला भाइरल बनेका दुई...

एउटा यस्तो आत्माहत्या जसलाई ‘मोस्ट ब्युटिफुल सुसाइड’ भनियो, आखिर किन ? हेर्नुहोस कारण यस्तो !

एजेन्सी | एक यस्तो आत्माहत्या, जसलाई ‘मोस्ट ब्युटिफुल सुसाइड’ भनियो । किन होला ? प्रसंग आत्माहत्याको घटनाबाटै सुरु गरौ । घटना हो, सन् १९४७ मे १ को । इभेलेन म्यकहेल नामकी एक महिलाले आत्माहत्या...

ब्रम्हाण्डकै सबैभन्दा दुरुस्तै जुम्ल्याह दिदी बहिनीकाे चाह एउटै ब्वाइफ्रेण्डबाट एकै समय गर्भवति हुने !

विश्वकै सबैभन्दा दुरुस्तै भएको भनेर चर्चा पाएका जुम्ल्याह दिदी बाहिनी अन्ना र लुसीले उनीहरुको साझा ब्वाइफ्रेण्डबाट एकै समय गर्भवति हुने र सन्तान् जन्माउने इच्छा ब्यक्त गरेपछि फेरी चर्चा चुलिएको छ । हालै मात्र यि दुई...